default_image

8 years ago

August 14, 2017

मनोनयनमा परेपछि के भने खेलाडीहरुले?

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

२०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयन तय गरेको हो । यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक आजबाटै सुरु भएको मञ्चले जनाएको छ ।

मनोनयन सार्वजनिक कार्यक्रममा ४ खेलाडीले आफ्नो भनाइ राखेका थिए।

दिपेन्द्र सिंह ऐरी (क्रिकेट)
वर्ष भरिको खेलको मुल्याङ्कन गरिदिनु भएर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा छनोट गरिदिनु भएकोमा मञ्चलाई धन्यवाद । आफुलाई पनि मनोनयनमा पर्दा गौरवको अनुभुति भैरहेको छ ।

कान्छीमाया कोजु (एथलेटिक्स)
सबैभन्दा पहिले त खेलको मुल्याङ्कन गरेर पिपुल्स च्वाइस अवार्डको नोमिनेसनमा छनोट गरिदिनु भएकोमा एनएसजेएफलाई धन्यवाद । अब मलाई भोट र एसएमएस गरेर जिताउन अनुरोध गर्दछु ।

फुपूल्हामु खत्री (जुडो)
पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्दा विश्वास नै गर्न सकिरहेको छैन । तै पनि एकदमै खुशी छु । खेलको मुल्याङ्कन गरेर अवार्डको मनोनयनमा छनोट गरिदिनु भएकोमा एनएसजेएफलाई धन्यवाद ।

गौरिका सिंह (पौडी)
एनएसजेएफलाई धन्यवाद । एकदमै खुशी लागेको छ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका फुटबलका सुजल श्रेष्ठ भने प्रशिक्षण दौरान जापानमा रहेका कारण मनोनयन सार्वजनिक कार्यक्रममा उपस्थित हुन सकेनन् ।

राष्ट्रिय टोलीसँग जापान भ्रमणमा रहेका मिडफिल्डर सुजल श्रेष्ठले हाम्रो खेलकुद डट कमसँग बोल्दै आफ्नो भनाइ राखे।

सुजल श्रेष्ठ (फुटबल)
म एनएसजेएफप्रति निकै आभारी छु। म निकै गौरवान्दित महासुस गरिरहेको छु। यसले मेरो मनोबल एकदम बढेको छ। मलाई पहिलो पटक सुन्दा एकदम आश्चर्य लाग्यो। देशको प्रतिनिधित्व गर्नु एउटा पाटो हो, तर सँगसँगै समर्थकहरुको माझ आफ्नो नाम बनाउनु उत्तिकै खुशीको कुरा हो।

भदौ २५ गते राती १२ बजेसम्म चल्ने भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडी पिपुल्स च्वाइस अवार्डको विजेता बन्नेछन् । चार फेसबुक लाईकलाई १ भोट एसएमएस भोट बराबर मानिनेछ बताइएको छ । पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने मञ्चले यसअघि नै घोषणा गरेको थियो ।

मञ्चले उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइससहित ४ विधाका विजेताले पल्सर मोटरसाइकल तथा अन्य बिधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने जनाएको छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयन यस प्रकार छ ।

मनोनयनमा पर्न सफल खेलाडी         भोटिङ कोड

१ दीपेन्द्र सिंह ऐरी, क्रिकेट                 DA

२ गौरिका सिंह, पौडी                        GS

३ कान्छीमाया कोजु, एथलेटिक्स        KK

४ फुपू ल्हामु खत्री, जुडो                     PK

५ सुजल श्रेष्ठ, फुटबल                         SS

For Dipendra Singh Airee (Type Pulsar <space> DA and send SMS to 33131)
For Gaurika Singh        (Type Pulsar <space> GS and send SMS to 33131)
For Kanchhimaya Koju    (Type Pulsar <space> KK and send SMS to 33131)
For Phupu Lhamu Khatri  (Type Pulsar <space> PK and send SMS to 33131)
For Sujal Shrestha       (Type Pulsar <space> SS and send SMS to 33131)

मनोनयनमा पर्ने खेलाडीको गत बर्षको प्रदर्शन यस्तो थियो ।

दीपेन्द्रसिंह ऐरी, क्रिकेट

–२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३ सय ५७ रन बनाएका । ४ अर्धशतक । ४ विकेट
–राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
–विश्व क्रिेकट लिग च्याम्पियनसिपमा केन्यासंग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकासंग ९० रन

गैरिका सिंह, पौडी

–रियो ओलम्पिककी सबभन्दा कान्छी खेलाडी । १३ वर्ष २५५ दिन ।
–कान्छी खेलाडीको रुपमा विश्वका चर्चित् मिडियाहरूमा छाएकी
–१२ औं दक्ष्ँिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी
–३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी

कान्छीमाया कोजु, एथलेटिक्स

–म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान
–पाँच वटा हाफ म्याराथनमा पहिलो
–सातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक
–काठमाडौं म्याराथनमा २ः५५ः५७ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–पिंकाथन हाफ म्याराथनमा १ः१८ः२६ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–न्यू ताइपेई सिटी म्याराथनमा ११ औं । उमेर समूहमा पहिलो

फुपू ल्हामु खत्री, जुडो

–रियो ओलम्पिकमा सहभागी, पूरा समय (४ मिनेट) टिक्ने पहिलो नेपाली जुडोका
–१७ औं जुनियर एसियन जुडो च्याम्पियनसिप, कोचीमा कांस्यपदक जितेकी
–सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक
–२२ औं एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी

सुजल श्रेष्ठ, फुटबल

–एएफसी सोलिडारिटी कप च्याम्पियन राष्ट्रिय टिमका खेलाडी
–सोलिडारिटी कप फाइनलमा मकाउविरुद्ध निर्णायक गोलकर्ता
–मनाङ मस्र्याङदी क्लबलाई दुहवी, खप्तड, आहा–रारा र झापा गोल्डकप उपाधि दिलाउन महत्वपूर्ण योगदान
–दुहवी गोल्डकपका सर्वोत्कृष्ट खेलाडी । आहा–रारामा उत्कृष्ट मिडफिल्डर
–शेख कमल इन्टरनेसनल कपमा सेमिफाइनल

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.