8 years ago
August 15, 2017
म्यानचेस्टर (एजेन्सी)- म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले नेयमारलाई भित्र्याउने प्रयास नगरेकोमा क्लब र म्यानेजर जोसे मोउरिन्हो प्रति आक्रोश पोखेका छन्।
म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर सत्रमा लुकाकु, म्याटिच र लेन्डेलफ भित्र्याउनको लागि १५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेको छ र अझै पनि ५० मिलियन खर्च गरेर इन्टर मिलान बाट इभान पेरीसिच भित्र्याउन खोजिरहेको छ। तर पनि फर्डिनाण्ड क्लब र म्यानेजर निकट भबिष्यमै नेयमार नकिनेकोमा पछुताउने र यो कुरामा चुकेको बताएका छन्।
फर्डिनाण्ड भन्छन,” म्यानचेस्टर युनाइटेड संसारकै धनी क्लब मध्यको एक हो र नेयमारको लागि २०० मिलियन तिर्न ठुलो कुरा थिएन।म उनलाई युनाइटेडको जेर्सीमा खेलेको हेर्न चाहन्थे।”
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]