default_image

8 years ago

August 15, 2017

रोनाल्डो, मेस्सी र बुफोन युरोपको उत्कृष्ट खेलाडी बन्ने दौडमा

106 views

0 Bookmark

न्योन (एजेन्सी) – युइएफाले २०१६/१७ सिजनको उत्क्रोष्ट खेलाडीको उपाधि जित्ने होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरेको छ। गत सिजनका विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ स्थानमा पर्न सफल भएका छन्।

युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक र युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतका आधारमा गरिएको हो। यस उपाधिको घोषणा अगस्ट २४ तारिखमा युइएफा च्याम्पियन्स लिगको समूह चरणको ड्रका दिन हुने तय भएको छ।

युइएफाको उत्कृष्ट खेलाडीको उपाधि युरोपमा व्यवसायिक फुटबल खेल्ने जुनसुकै देशको खेलाडीले पनि जित्न सक्नेछन्। खेलाडीले घरेलु प्रतियोगिता गरेको प्रदर्शन मात्र नभएर उसको क्लबसँग रहेर खेलेका अन्य औपचारिक र राष्ट्रिय टोलीको प्रदर्शनलाई पनि मध्यनजर गरिएको हुन्छ। कुनैपनि प्रशिक्षकले आफ्नो टोलीको खेलाडीलाई मत दिन पाउने छैनन्।

फाइल तस्बिर

मेस्सी र रोनाल्डो दुवै खेलाडीले २/२ पटक यस अवार्ड जितेका छन् भने रोनाल्डोले गत सिजन यस उपाधि आफ्नो नाम लेखाएका थिए। सन् २०११ देखि सुरु भएको यस अवार्ड २०११/१२मा आन्द्रेस इनिएस्टा र २०१२/१३मा फ्र्यांक रिबेरीले जितेका थिए।

उत्कृष्ट खेलाडीसँगै युइएफाले यसै सिजनबाट सुरु भएको विधागत खेलाडीमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डको पनि घोषणा गर्नेछ

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.