default_image

8 years ago

August 16, 2017

महान् धावक उसेन बोल्टले म्यानचेस्टर युनाइटेडबाट डेब्यु गर्दै

136 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)- लामो समय देखि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा ब्यक्त गर्दै आएका कीर्तिमानी धावक उसेन बोल्टले ह्यामस्ट्रिंङ इन्जुरीबाट ठिक भएको खण्डमा सेप्टेम्बर २ मा हुने च्यारिटी खेलमा म्यानचेस्टर युनाइटेडबाट पहिलोपल्ट खेल्ने भएका छन्।

अघिल्लो  हप्ता लन्डनमा भएको विश्व च्याम्पियनसिप आफ्नो अन्तिम दौड दौडिने क्रममा ह्यामस्ट्रिंङ्गमा आएको चोट मात्र बोल्टको युनाइटेडबाट खेल्ने सपनामा बाधक बन्न सक्छ।  संघर्षरत बोल्ट फिट भएको खण्डमा म्यानचेस्टर युनाइटेड लेजेन्ड्सको टोलिबाट   बार्सिलोनाबिरुद्ध मैदानमा उत्रिने छन्।

लामो समय देखि युनाइटेडलाई पछ्याइरहेका बोल्टले उक्त खेलमा आफ्नो खेल्ने इच्छा ब्यक्त गर्दै भने,”म्यानचेस्टर युनाइटेडबाट खेल्ने मेरो बर्षौदेखीको सपना हो, यो इन्जुरीबाट मुक्त भए,सपना पुरा गर्न आतुर छु ।”

शताब्दीकै उत्कृष्ट धावक तथा विश्वकै छिटो मानवको कीर्तिमानी बनाएका बोल्टले ओलम्पिक खेलकुदमा ८ पटक स्वर्ण पदक जितेका  छन् । त्यस्तै उनको नाममा १०० मिटरको दौडमा किर्तिमान रहेको छ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.