8 years ago
August 16, 2017
स्पेन (एजेन्सी)- म्यानचेस्टर सिटीका इकेए गुण्डोगानले करिव आठ महिनापछि खेलमा पुनरागमन गरेका छन् । स्पेनमा खेलिएको मैत्रीपूर्ण खेलमा सिटी जिरोनासँग १–० ले पराजित भयो । जिरोनाका लागि क्रिष्टियन पोर्टुले पहिलो हाफको १४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रिमियर लिग अन्तर्गत गत डिसेम्वरमा वाटफोर्डविरुद्धको खेल २–० ले बिजयी भएको खेलका दौरान जर्मनीका अन्तर्राष्ट्रिय खेलाडीले लिगामेन्टमा चोट बोकेका थिए ।
जर्मनीका २६ वर्षीय गुण्डोगानले जिरोनाविरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै पुनरागमन गरेका हुन् । उनी ७१ औं मिनेटमा फिल फोडेनको स्थानमा मैदान प्रवेश गरेका थिए । सिटीले प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनलाई पराजित गरेको थियो । पेप ग्वार्डिओलाको सिटीले सोमबार एभर्टनविरुद्ध खेल्दैछ । मिडफिल्डर गुण्डोगानको पुनरागमनले सिटीको मिडफिल्ड थप बलियो देखिने पक्का छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]