8 years ago
August 17, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो ।

गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि जितेको थियो ।
टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो विना पनि रियलले घरेलु मैदानमा बार्सिलोनालाई हराएको थियो । पहिलो लेगमा दोहोरो पहेलो कार्ड पाएका रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्धका कारण गए रातीको खेल गुमाएका थिए ।

रियल खेलको सुरुवातदेखी बलियो देखिएको थियो। पहिलो लेगमा अन्तिम गोल गरेका असेन्सियोले दोस्रो लेगमा भने पहिलो गोल गरे । खेलको चौ
थो मिनेटमा २५ यार्डबाट असेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
करिम बेन्जेमाले खेलको ३९ औं मिनेटमा अर्को गोल थपेपनि बार्सिलोनाको खेलमा फर्कने सम्भावना निकै कमजोर बनेको थियो । ब्राजिलियन मार्सेलोको क्रसलाई सहि दिशा दिदै बेन्जेमाले रियलको अग्रतालाई मजबुत बनाएका दिए । दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गर्यो । लियोनल मेस्सी र लुइस स्वारेज दुवैको प्रहार बारमा लागेर फर्कनु बार्सिलोनाका लागि दुर्भाग्य सावित भयो ।पाएको थियो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]