8 years ago
August 17, 2017
लन्डन (एजेन्सी)- एभर्टनले कीर्तिमानी रकम खर्च गर्दै स्वान्सीबाट गिल्फी सिगुर्डसन भित्र्याउन सफल भएको छ। एभर्टनले ४५ मिलियन पाउण्ड खर्च गर्दै आइसल्याण्डका मिडफिल्डरलाई अनुबन्धन गरेको हो जुन एभर्टनले अहिलेसम्म खर्च गरेकै सबैभन्दा ठुलो रकम हो।
७५ मिलियन पाउण्डमा लुकाकुलाई म्यानचेस्टर युनाइटेडमा बेचेपछि एभर्टनमा भित्रिने सिगुर्डसन चौथो खेलाडी बनेका छन्। क्लब सँगको सम्झौता पश्चात क्लबको आधिकारिक वेबसाईट सँग बोल्दै उनले भने,” म क्लबले खोजे जस्तो सफलता दिलाउनलाई यहाँ आएको हुँ। म पहिले जस्तै गोल गर्न र गोल सिर्जना गर्नको लागि मिहेनत गर्ने छु।” सिगुर्डसनले एभर्टन आउनुको मुख्य कारण आफु लामो समय देखि प्रशंसक रहेको एभर्टनका प्रशिक्षक रोनाल्ड कोएमन रहेको बताए।
सन् २०१४मा टोटन्ह्यामबाट स्वान्सी पुगेका सिगुर्डसनले ३ सिजनमा ३० गोल गरेका थिए भने अघिल्लो सिजन मात्र ९ गोल गर्दै १३ गोलका लागि पास उपलब्ध गराएका थिए। सन् २०१२ पछि प्रिमियर लिगमा फ्रिकिकमा ७ गोल धेरै गोल गर्ने खेलाडीको सुचीमा अग्रस्थानमा छन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]