8 years ago
August 17, 2017
हल्याण्ड (एजेन्सी)- म्यानचेष्टर युनाइटेडको पूर्व स्ट्राइकर रोविन भान पर्सीले दुई वर्षपछि नेदरल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गर्ने मौका पाएका छन्।
डच टिमका मुख्य प्रशिक्षक डिक एड्भोक्याटले विश्वकप छनोटको दुई महत्वपूर्ण खेलको लागि भान पर्सीलाई ३२ सदस्यीय प्रारम्भिक टिममा बोलाएका हुन्। प्रशिक्षक डिकले भान पर्सीसँगै रायन बाबेल र एलजिरो एलियालाई पनि ३२ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका छन् । फेनरबाचका ३४ वर्षीय भान पर्सी अक्टोबर २०१५ मा युरोकप २०१६ को छनोट खेलमा चेक रिपब्लिकसँग ३–२ ले पराजित भएको खेल यता टिममा पर्न सकेका थिएनन् ।
नेदरल्याण्डले अर्काे साता विश्वकप छनोटका लागि समूह ‘ए’ को शीर्ष स्थानमा रहेको फ्रान्स र बुल्गेरियासँग खेल्ने छ । नेदरल्याण्डले अगष्ट ३१ म पेरिसमा फ्रान्ससँग तथा सेप्टेम्बर ३ मा आम्सटरडमसमा बुल्गेरियासँग खेल्नेछ । भान पर्सीले नेदरल्याण्डका लागि १०१ अन्तर्राष्ट्रिय खेलमा ५० गोल पुरा गरिसकेका छन् ।
‘मैले रोविनसँग अघिल्लो सिजन फेनरवाचमा रहेर सँगै काम गरे । उनी विश्वस्तरका उत्कृष्ट खेलाडी हुन् । कुन खेलमा कसरी खेल्नुपर्छ त्यो रोविनलाई सिकाउनु पर्दैन । हेरौ प्रशिक्षणको दौरान उनले के कति प्रभाव पार्न सक्छन् ।’ प्रशिक्षक डिकले भनेका छन् । यस्तै प्रशिक्षक डिकले आयाक्सका २० वर्षीय मिडफिल्डर डोनी भान डि बिकलाई पहिलो पल्ट राष्ट्रिय टिममा बोलाएका छन् ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]