8 years ago
August 17, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका रक्षक जेरार्ड पिके टोलीको पछिल्लो प्रदर्शनबाट निराश भएका छन् । बार्सिलोनालाई हराउँदै रियाल म्याड्रिडले बुधबार राती स्पेनिस सुपर कपको उपाधि जितेको थियो । दुवै लेगमा बार्सिलोना पराजित भएको थियो ।
रियलसँग खेल्दा पहिलो पटक डर अनुभव भएको पिकेले अनुभव सुनाएका छन् । उनी नौं बर्षयता बार्सिलोनामा आबद्ध छन् । सुपर कपको पहिलो लेगमा ३–१ ले पराजित बार्सिलोनाले गए रातीको दोस्रो लेग २–० ले गुमाएको थिया । समग्रमा रियलले ५–१ को जित सहित उपाधि जितेको थियो ।
गए रातीको हारपछि पिकेले टोलीको पछिल्लो खराब अवस्थाप्रति निराशा जनाएका थिए । खेलका दौरान चोट लागेपछि बुधबारको खेलमा उनलाई परिवर्तन गरिएको थियो । ‘एउटा टोलीका रुपमा अहिले हाम्रो उत्कृष्ट समय होइन,’ पिकेले भने,‘हामी जतिसक्दो एकअर्कासँग नजिक भएर अघि बढ्न आवश्यक छ ।’
उनले अहिलेको अवस्थामा रियल आफुहरुभन्दा उत्कृष्ट रहेको स्वीकार गरे । ‘रियल हामी भन्दा उत्कृष्ट छ भन्ने मान्नु पर्दछ । सिजन लामो हुन्छ र त्यहाँ सुधारको सम्भावना छ,’ उनले थपे,‘नौं बर्षदेखि म यहाँ छु । तर पहिलो पटक रियलसँग मैले यति असुरक्षित महसुस गरे ।’
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]