8 years ago
August 17, 2017
बार्सिलोना (एजेन्सी)– लिभरपुलबाट फिलिपे कौटिन्हो र बारुसिया डर्टमन्डबाट औस्माने डेम्बेले बार्सिलोनाको सम्झौता निकट पुगेका छन् । बार्सिलोनाका प्रबन्धनिर्देशक जोसेप सेगुराले दुवै खेलाडीसँग सम्झौता निकट पुगेको बताएका हुन् ।

बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई ९०.४ मिलियन पाउण्डको प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । त्यस्तै डर्टमण्डले पनि डेम्बेलेका लागि बार्सिलोनाको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो ।
बार्सिलोनासँग जोडिएपछि डर्टमन्डको प्रशिक्षण छुटाएका डेम्बेले हाल क्लबको आन्तरिक प्रतिबन्धमा छन् । सेगुराका अनुसार बार्सिलोना आफ्नु मुख्य दुई मुख्य खेलाडीको सम्झौताको तयारीमा छ । ‘हामी कौटिन्हो र डेम्बेले भित्राउन प्रयासरत छौ , उनले भने,‘ सम्झौताको निकट छौ तर आधिकारिकता नहुँदा सम्म केही भन्न मिल्दैन । ’
बार्सिलोनाबाट विश्व किर्तिमानी रकममा पिएसजी पुगेका नेयमारको विकल्प भित्राउन नवनियुक्त प्रशिक्षक एर्नेस्टे भलभर्डो आतुर छन् । रियल म्याड्रिडसँग सुपर कपको दुइ लेगमा ५–१ को हारले पनि बार्सिलोनामाथि टोलीको सुधार गर्नुपर्ने आवश्यकता बढेको छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]