default_image

8 years ago

August 17, 2017

कोस्टा भन्छन्– ‘म चेल्सी फर्कन्न’

164 views

0 Bookmark

ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् ।

ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका छैनन् । यति बेला उनी ब्राजिलमा छन् । ब्राजिलको एक क्लबका पदाधिकारीसँग भेटेपछि प्रेस विज्ञप्ती जारी गर्दै कोस्टाले भनेका छन्,‘ मेरो गन्तव्य प्रष्ट छ । मैले एट्लेटिको म्याड्रिडक फर्कनुपर्दछ । उनले चेल्सीले आफुलाई रिलिज नगर्ने शंका पनि व्यक्त गरे । उनले थपे ‘तर मलाई विश्वास छ अहिलेको अवस्थाको समाधान हुनेछ ।’

गत बर्ष चेल्सीलाई उपाधि दिलाउने क्रममा २० गोल गरेपनि कोस्टालाई प्रशिक्षक कोन्टेले म्यासेस पठाउँदै नयाँ सिजनमा उनलाई नचाहेको बताएका थिए । कोन्टेले पहिलो टिमबाट हटाएको खण्डमा मात्र आफु एट्लेटिको जाने कोस्टले बताए । कोस्टाले आफु चेल्सी फर्केमा वैकल्पिक टोलीमा अभ्यास गर्न बाध्य गराउने दाबी समेत गरेका छन् । कोस्टले अहिले सम्म ३ लाख पाउन्ड जरिवाना तिरिसकेका छन् ।

स्पनेसि रेडियोका अनुसार एट्लेटिको कोस्टाको साप्ताहिक १ लाख ५० हजार पाउन्ड जरिवाना तिर्न तयार छ । ‘यदि प्रशिक्षकले मलाई राख्न चाहदैनन् भने म जाने भनेको एट्लेटिको म्याड्रिड नै हो ,’ उनले थपे,‘मैले सबै प्रस्ताव अस्वीकार गरिसकेको छु । उनीहरु मलाई चीन वा अन्य क्लबमा बेच्न चाहन्छन् । तर, यदि म त्यहाँ हुन्न भने मैले चाहेको टोलीमा जान पाउनुपर्दछ ।’

कोस्टाले यहि महिना भित्रमा एट्लेटिकोसँग सम्झौता गर्न चाहेको पनि बताएका छन् । ‘म म्याड्रिड गएर अभ्यास गर्ने र विश्व कपअघि आफुलाई शारीरिक रुपमा तयार पार्ने योजनामा छु,’ उनले भने,‘ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले मलाई चाहिरहेको प्रष्ट छ । उनीसँगको मेरो सम्बन्ध निकट छ । मलाई त्यहाँका समर्थक र अन्यले माया र इज्जत गर्दछन् । उनीहरुलाई मलाई एउटा व्यक्ति र फुटबलरका रुपमा हेर्दछन् । ’

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.