8 years ago
August 18, 2017
बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो ।

खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले तीन खेलाडी परिवर्तन गरिसकेका थिए । जसका कारण स्वारेजले बाँकी समय खेल्न संघर्ष गर्नु परेको थियो ।
बार्सिलोनाले बिहिबार मेडिकल परिक्षण लगत्तै आफ्नो वेवसाइटमा स्वारेजको दायाँ घुडामा लागेको चोट गम्भीर रहेको र कम्तीमा पनि एक महिना आराम गर्नुपर्ने उल्लेख गरेको छ ।
यस्तै स्वारेजले विश्वकप छनोट अन्र्तगत अर्जेन्टिना र पारग्वेविरुद्धको खेल पनि गुमाउने पक्का भएको छ । स्वारेजले ला लिगामा रियल बेटिस अलाभेस, स्पान्योल, गेटाफे र एइबरविरुद्धको खेल गुमाउने छन् । नेयमारबिनाको बार्सिलोना स्वारेजको चोटसँगै झनै बढी समस्यामा पर्ने देखिएको छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]