default_image

7 years ago

August 19, 2017

कौटिन्हो भन्दा भिन्न छ लिभरपुलको समस्या

दिपेन्द्र पोखरेल काठमाडौं – नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजीसँग) को अनुबन्धनसँगै बार्सिलोनामा अब को जाने भन्न चर्चा लामो समयदेखि चल्दै आएको छ । त्यसको सबैभन्दा अगाडि छन्, लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो । बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले तीन पटक सम्म अस्वीकार गरेपनि उनको सुरुवाको सम्भावना अझै पनि बलियो रहेको विश्वास गरिन्छ । कौटिन्हो आफै पनि बार्सिलोना […]

28 views

0 Bookmark

दिपेन्द्र पोखरेल

काठमाडौं – नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजीसँग) को अनुबन्धनसँगै बार्सिलोनामा अब को जाने भन्न चर्चा लामो समयदेखि चल्दै आएको छ । त्यसको सबैभन्दा अगाडि छन्, लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो । बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले तीन पटक सम्म अस्वीकार गरेपनि उनको सुरुवाको सम्भावना अझै पनि बलियो रहेको विश्वास गरिन्छ । कौटिन्हो आफै पनि बार्सिलोना जान लालाहित छन् । उनले क्लबलाई फुकुवा गरिदिन अनुरोध गरेबाट पनि त्यो प्रष्ट हुन्छ ।

जनवरीमा लिभरपुलसँग ५ वर्षको सम्झौता नविकरण गरेको कौटिन्हो क्लबको सर्वाधिक कमाउने खेलाडी बनेका थिए । बार्सिलोना, बायर्न म्युनिख, रियल म्याड्रिड लगायतका क्लबको सामान्य खेलाडी बन्नु भन्दा लिभरपुलमा बसेर सम्मान कमाउन इच्छा जाहेर गरेका कौटिन्होले बार्सिलोनाको प्रस्ताव आएपछि भने आफ्नो धारणामा परिवर्तन गरेका छन् । यसअघि महत्वपूर्ण खेलाडी लुइस स्वारेजलाई गुमाईसकेका लिभरपुल समर्थकहरु कौटिन्होको दोहोरो स्वभाव प्रति रुष्ट छन् ।

क्लबको हितमा योजना नबुनेको आलोचना खप्दै आएको लिभरपुलको अभिभावक संस्था फेन्वे स्पोट्र्स ग्रुपले कौटिन्होलाई कुनै हालतमा नबेच्ने प्रतिबद्धता सार्वजनिक गरे लगतै कौटिन्होले बार्सिलोना जान माग गर्नु पनि केही समर्थकहरुले संदेहका रुपमा हेरेका छन् । खेलाडीहरु आफुमा सुधार चाहन्छन् र सधैँ नयाँ चुनौतीको पखाईमा हुन्छन् । बार्सिलोना र रियल म्याड्रिड पुग्नु धेरैजसो खेलाडीहरुको लक्ष्य हुने गर्दछ । त्यसैले कौटिन्हाले बार्सिलोना जाने चाहना राख्नु स्वाभाविक हो ।

आफ्ना मुख्य खेलाडीहरुलाई क्लबमा राख्न नसक्नु लिभरपुलको समस्या हो तर अहिले लिभरपुलले अन्य थुप्रै समस्याको समाधान गर्न जरुरी छ ।

लिभरपुलले अघिल्लो चार सिजनमा प्रिमियर लिगमा मात्र १ सय ९० गोलको सामना गरेको छ ।

ड्यानियल स्टरेजले अघिल्लो सिजन चोटको कारण प्रिमियर लिगमा जम्मा १ सय २८ मिनेट मात्र खेले ।

हेन्डरसन प्राकृतिक रुपमा डिफेन्सिभ मिडफिल्डर हैनन् ।

Philippe Coutinho

डिफेन्सिभ समस्या – लिभरपुलले अघिल्लो चार सिजनमा प्रिमियर लिगमा मात्र १ सय ९० गोलको सामना गरेको छ । यो तथ्यांकले लिभरपुललाई रक्षात्मक रुपमा अन्य ८ क्लब भन्दा मात्र राम्रो देखाउछ । प्रिमियर लिगमा यो तथ्यांकको साहाराले लिभरपुल १२ औँ स्थानमा रहेछ । २०१२/१३ को लिगमा ब्रेन्डन रोजर्सको प्रशिक्षणमा पहिलो पटक प्रिमियर लिगको उपाधि जित्न चुकेको लिभरपुलले १ सय १ गोल गर्दै ५० गोलको सामना गरेको थियो । दोस्रो स्थानमा लिग अन्त्य गरेको रोजर्सको टोलीले शीर्ष आठ मध्ये सबै भन्दा बढी गोल खाएको थियो । उपाधि जितेको म्यानचेस्टर सिटीले ३७ गोलको सामना गरेको थियो ।

ब्रेन्डन रोजर्सको टोली सम्हाल्ने जिम्मा पाएका जर्मन प्रशिक्षक यर्गन क्लपले पनि लिभरपुलको रक्षात्मक समस्याको समाधान निकाल्न सकेका छैनन् । लिभरपुलले क्लपको पहिलो सिजनमा ५० गोल खेप्नु पर्यो भने दोस्रो सिजनमा ४२ गोल । तेस्रो सिजनको सुरुवातमा पनि लिभरपुलको यो समस्या उस्दै देखिएको छ । टोली सिजनको पहिलो खेलमा ३ गोल गरेपनि ३ गोल खाएपछि अंक बाढ्न बाध्य भयो ।

डच डिफेन्डर भिर्जिल भ्यान जाइकलाई सबै भन्दा महँगा डिफेन्डर बनाउदै ल्याउने प्रायस गरेपनि लिभरपुल त्यसमा सफल हुन सकेको छैन । भ्यान जाइक लिभरपुलका लागि महत्वपूर्ण सरुवा हुने थिए । तर उनको सरुवामा असफल भएपछि क्लपसँग कुनै प्लान ‘बी’ देखिदैन । क्लपले आफुसँथ भएको रक्षात्मक विकल्प प्रति सन्तुष्ट रहेको बताउँदै आएका छन् ।

लिभरपुलको सेन्टर ब्याकमा जोएल म्याटिप , डेजान लोभ्रेन , मामाडौ साखो , राग्नर क्लाभान र जो गोमेज छन् । क्लपले मुख्यतः म्याटिप र लोभ्रेनलाई पहिलो रोजाईमा उतारेका छन् । तर लोभ्रेन र म्याटिपको जोडीले एकरुपको प्रदर्शन गर्न सकेका छैनन् ।

matip

क्लपले मुख्यतः म्याटिप र लोभ्रेनलाई पहिलो रोजाईमा उतारेका छन् ।

साखोलाई भरपर्दा डिफेन्डरको रुपमा लिन सकिन्छ तर २०१६/१७ को प्रिसिजनमा क्लबको नियम विपरित काम गरेपछि उनले लिभरपुलको पहिलो टोलीबाट खेल्न पाएका छैनन् । गत जनवरी ट्रान्सफरमा क्रिस्टल प्यालेसमा लोनमा आबद्ध साखोले लन्डनको क्लबबाट ८ खेल मात्र खेल्न पाए । लोन अवधि सकिएपछि लिभरपुल फर्के पनि साखोको भविष्य निश्चित छैन ।

सेन्टर ब्याक मात्र लिभरपुलको मुख्य समस्या हैन । फुल ब्याकमा एकातर्फ साउथह्याम्प्टनबाट लिभरपुल आएका नेथानियल क्लाइनले लगातार सन्तोषजनक प्रदर्शन गरिराख्दा अर्का तर्फ अल्बर्टो मोरेनेले प्रभाव देखाउन सकेका थिएनन् । त्यसको नतिजा स्वरुप मिडफिल्डर जेम्स मिल्नरले अघिल्लो सिजन लेफ्ट ब्याकको भूमिका निर्वाह गर्नु पर्यो ।

मोरेनो सेभिल्लामा रहँदा ला लिगाको उत्कृष्ट आक्रामक डिफेन्डर मध्ये एक मानिन्थे । उनको आगमनले लिभरपुलका समर्थक माझ उत्साह सृजना गरेको थियो । टोटेनह्यामसँगको उनको गोल अविस्मरणिय थियो तर लिभरपुलसँग ३ वर्ष बिताईसक्दा पनि उनको भर पर्ने अवस्था छैन । उनको स्थानमा १० मिलियन पाउण्डमा हल सिटीबाट एण्ड्रिउ रोबट्र्सन आएपछि प्रतिस्पर्धात्मक खेलमा उनले मौका पाएका छैनन् ।

लिभरपुलको मुख्य समस्या सेट पिस रक्षामा छ । क्लपको आगमन पछि लिभरपुलले ८२ गोल खाएको छ, जस मध्ये ३२.९ प्रतिशत गोल सेट पिसबाट भएका छन् । लिभरपुल जोनल मार्किङ्ग मा पनि कमजोर देखिन्छ । जोनल मार्किंगमा कुनै एक विपक्षी खेलाडीलाई नभई डिफेन्डरले निश्चित क्षेत्रको रक्षा गर्नु पर्छ । यो लिभरपुलको लामो समयदेखिको समस्या हो जसको समाधान निस्किएको छैन ।

डिफेन्सिभ मिडफिल्ड – डिफेन्सिभ मिडफिल्डको भूमिका स्पष्ट रूपमा देखिदैन । तर यस्ता खेलाडीले खेलमा महत्वपूर्ण प्रभाव पारेका हुन्छन् । लेस्टर सिटीको २०१५/१६ को लिग जित्दाको सिजनमा ३६ गोल खाएको थियो । अर्कोे सिजन १२ औं स्थानमा अन्त्य गर्दा लेस्टरले ६३ गोलको सामना गर्नु परेको थियो । लेस्टरको रक्षापंक्तिमा परिवर्तन थिएन तर उनीहरुको मिडफिल्डर कान्टे ३० मिलियन पाउण्डमा चेल्सीमा सरुवा भएका थिए । ५३ गोलको सामना गर्दै दुई सिजन अघि १० औं स्थानमा अन्त्य गरेको चेल्सीले ३३ गोलको सामाना गर्दै गत सिजन उपाधि जित्न सफल भयो ।

लिभरपुलमा स्वभावतः डिफेन्सिभ मिडफिल्डरमा खेल्ने लुकास लेइभा १० वर्षपछि क्लब छाड्दै लाजियोमा आबद्ध भएका छन् । पछिल्लो समयमा उनको खेल समय छोटिदै गएको थियो । अर्का डिफेन्सिभ मिडफिल्डर केभिन स्टेवार्ट पनि नियमित खल्न पाउने आशाका साथ हल सिटी पुगेका छन् ।

ब्रेन्डन रोजर्सले लिभरपुलका पूर्व कप्तान स्टेभन जेरार्डलाई डिप मिडफिल्डमा समायोजन गरेका थिए । त्यस्तै क्लपले पनि लिभरपुलका कप्तान जोर्डन हेन्डरसनलाई पछाडि खेलाउने गराएका छन् । जर्मन मिडफिल्डर इमरे चान पनि सेन्ट्रल रोलुमा देखिए । तर हेन्डरसन प्राकृतिक रुपमा डिफेन्सिभ मिडफिल्डर हैनन् । उनले फिटनेसमा पनि त्यत्तिकै संघर्ष गर्नु परिरहेको छ । त्यसैले क्लपले त्यस स्थानमा विकल्प सोच्नु पर्ने आवश्यकता देखिएको छ ।

होफेनहायनसँगको खेलमा जेम्स मिल्नरले कप्तान हेन्डरसनलाई परिवर्तन गर्दै मैदान प्रवेश गरेपछि चानले हेन्डरसनको भूमिका निर्वाह गरे । त्यसले लिभरपुलको मिडफिल्डमा धेरै सुधार देखियो । हेन्डरसनले अघिल्लो फेब्रुअरी देखि नियमित फुटबल खेलेका छैनन् , उनी ‘आउट अफ टच’ छन्  । त्यसैले डिप मिडफिल्डमा उनको भर पर्न सकिन्न ।

फिटनेस – फिटनेस र चोट लिभरपुल टोलीको अर्को समस्या हो । क्लपको आगमनसँगै उनको उच्च तीव्रताको खेलाउने शैलीले जति लिभरपुललाई सहयोग पुर्याएपनि यसले खेलाडीलाई चोट लाग्ने जोखिम पनि बढाएको छ । पहिलेको तुलानामा अहिले खेलाडीलाई बानी परेपनि चोटको समस्यालाई नजरअन्दाज गर्न मिल्ने अवस्था छैन ।

Sturridge

अघिल्लो सिजन चोटको कारण प्रिमियर लिगमा जम्मा १ सय २८ मिनेट मात्र खेले ।

लिभरपुलले त्यसअनुरुप ‘स्क्वाड डेप्त’मा ध्यान दिन जरुरि छ । अघिल्लो सिजन युरोपियन फुटबलबाट बन्चित रहेपनि चोटका कारण लिभरपुललाई हानी पुगेको थियो । यो सिजन च्याम्पियन्स लिगमा पनि स्थान बनाएको लिभरपुलले विकल्प खोज्न जरुरी छ ।

लिभरपुलका स्ट्राइकर ड्यानियल स्टरेज चोटका कारण मैदान बाहिर छन् । अघिल्लो सिजन चोटको कारण प्रिमियर लिगमा उनले जम्मा १ सय २८ मिनेट मात्र खेले । अहिले नेथेनियल क्लाइन पनि घाइते छन् । उनको स्थानमा ल्याइएका ट्रेन्ट अलेक्सजेन्डर आर्नल्डले भने राम्रो प्रदर्शन गरिरहेका छन् । अघिल्लो सिजन सादियो मानेलाई घुँडाको चोटका कारण अन्तिम अवधिमा लिभरपुलले गुमाएको थियो । त्यस्तै अफ्रिकन कप अफ नेसन्समा मानेको सहभागिताले लिभरपुललाई असर गरेको थियो । यस्तै अकल्पनीय परिदृश्यको समाधान गर्न लिभरपुलले स्क्वाड डेप्थमा ध्यान दिन जरुरी छ ।

लिभरपुलले फिलिपे कौटिन्होको लागि १ सय १३ मिलियन पाउन्डको बार्सिलोनाको तेस्रो पटकको प्रस्ताव अस्वीकार गरिसकेको छ । बार्सिलोना कौटिन्होको लागि अर्को प्रस्तावित रकममा बढाएर फेरी अघि बढ्ने लगभग निश्चित छ । लिभरपुलले कौटिन्होलाई उनको खुसी विपरित क्लबमा राख्नु भन्दा उनको विक्रीबाट आउने रकमको सदुपयोग गरेर अहिले टोलीमा रहेको कमजोरीलाई सुधार्न प्रयास गर्ने हो भने यो सिजन सफल नतिजाको अपेक्षा गर्न सकिन्छ ।

-एन्जेसीको सहयोगमा

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.