8 years ago
August 18, 2017
पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् ।

लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु अघि लिभरपुलले पनि विश्व कप बिजेता जर्मनीका मिडफिल्डरलाई भित्राउने प्रयास गरेको थियो ।
जर्मन क्लब वुल्फ्सबर्गबाट ४० मिलियन युरोमा पिएसजीसँग अनुबन्धित जर्मन मिडफिल्डर नेयमारको २ सय २२ मिलियन युरोको आगमनसँगै छाँयामा परेका छन् । उनलाई क्लबका प्रशिक्षक उनाई इमेरीले क्लब छाड्ने अनुमती दिएका छन् ।
ड्राक्सलरको कप्तानीमा जर्मनीले २०१७ मा कन्फडेरेसन्स कपको उपाधि जितेको थियो । प्रयियोगिताको उत्कृष्ट खेलाडी हुँदै उनले गोल्डेन बलको उपाधि समेत जितेका थिए ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]