8 years ago
August 18, 2017
लण्डन (एजेन्सी)- युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्र्तगतको प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेपछि क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो ।
इभर्टनका मिचेल केनले हेडमार्फत ३० औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । केनले गोल गरेको केहीबेरमै दर्शकहरुले मैदानमा विभिन्न वस्तु फाल्न थाले । उनीहरुले विज्ञापनका बोर्डहरु भत्काउने गर्न थाले । उनीहरु मैदानमा नै प्रवेश गर्न खोजेका थिए । जसका कारण म्याच रेफ्रीले खेल रोक्न बाध्य बन्यो । सुरक्षाकर्मीहरुले हुलदंगालाई सामान्य पार्न झण्डै ५ मिनेट समय खर्चिएको थियो ।
दर्शकले उग्र व्यवहार देखाइरहँदा खेलडीहरु मैदानको एक छेउमा बसेर स्थिति शान्त हुने प्रतिक्षा गरिरहेका थिए । खेल पुनः सुरु भएपछि ४५ औँ मिनेटमा एभर्टनका इड्रिसा गुएयेले गोल गर्दै अग्रता दोब्बर बनाए । जितसँगै एभर्टनको युरोपा लिगको समूह चरणमा पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेग अर्काे साता बिहीबार हुनेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]