default_image

8 years ago

August 18, 2017

बुन्डेसलिगा आज सुरु हुँदै, बायर्न र लेभरकुसेन भिड्ने

100 views

0 Bookmark

जर्मनी (एजेन्सी) – जर्मन फुटबलको शीर्ष श्रेणीको लिग बुन्डेसलिगाको पहिलो दिन आज एक खेल हुदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा बायर लेभरकुसेनसँग प्रतिस्पर्धा गर्दै उपाधि यात्राको प्रारम्भ गर्नेछ । 

Manuel neuer

बायर्न म्युनिखका गोलकिपर म्यानुयल न्युयोर ।

तर बायर्नको पहिलो खेलमा स्टार गोलरक्षक म्यानुयल न्युयोरको साथ भने टोलीलाई हुने छैन । अप्रिलमा बायाँ खुट्टाको औला भाचिएका कारण सिजनको अन्त्य तिरको खेल गुमाएका न्युयोरले पहिलो खेल गुमाउने छन् । न्युरोर खेल्नका लागि तयार हुने अनुमान गरिएपछि टोलीका प्रशिक्षक कार्लो एन्सेलोटीले उनलाई खेलाएर जोखिम नलिने निर्णय गरिसकेका छन् ।

अघिल्लो सिजन ३४ मध्ये २५ खेलमा जित हासिल गर्दै उपाधि जितेको बायर्न म्युनिखले ८२ अंक जोडेको थियो । दोस्रो स्थानको आरबी लैप्जिगको ६७ अंक थियो । बायर लेभरकुसेनले भने ४१ अंक सहित १२ औं स्थानमा सिजनको अन्त्य गरेको थियो । बुन्डेसलिगाको दोस्रो दिन शनिबार ६ खेल हुनेछन् । अघिल्लो सिजन दोस्रो स्थानमा रहेको लैप्जिगले भोली साल्केको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.