8 years ago
August 18, 2017
लिभरपुल (एजेन्सी)– मिडफिल्डर फिलिपे कौटिन्हो भित्राउने बार्सिलोनाको नयाँ प्रस्तावलाई पनि लिभरपुलले अस्वीकार गरेको छ । अघिल्लो पटकको ९०.४ मिलियन पाउण्डको प्रस्ताव भन्दा बढाएर नयाँ प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई नकारेको हो ।

काटालन क्लब बार्सिलोनाले अघिल्लो मुल्यमा सुधार गर्दै ब्राजिलियन मिडफिल्डरक लागि प्रारम्भिक १ सय १३ मिलियन पाउण्ड तिर्न तयार थियो । कौटिन्होको बार्सिलोनामा प्रदर्शनको आधारमा लिभरपुलले २५ वर्षे मिडफिल्डरको लागि १ सय १८ मिलियन पाउण्डसम्म पाउने थियो ।
आफ्नो स्टार खेलाडी नेयमारले कीर्तिमानी रकममा बार्सिलोना छाडेर पिएसजी गएपछि प्रशिक्षक एर्नेस्टो भाल्भर्दे विकल्पको खोजीमा छन् । कौटिन्होलाई प्राथमिकतामा राख्दै आएको बार्सिलोनाले पटक पटक प्रस्तावित रकम बढाएपनि आफ्नो मुख्य खेलाडीलाई कुनै हालतमा नबेच्ने लिभरपुलको अडान छ ।
लिभरपुलको स्वामित्तता रहेको फेन्वे स्पोट्र्स ग्रुपले यसअघि कौटिन्होलाई कुनै हालतमा नबेच्ने भनेपनि कौटिन्होले बार्सिल्लोना जाने इच्छा गर्दै क्लब सामु ट्रान्सफरको अनुरोध गरेका थिए ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]