8 years ago
August 19, 2017
म्युनिख (एजेन्सी)– फुटबल लिक्स नामक वेभसाइटले बायर्न म्युनिखका विगंर हामेज रोड्रिग्वेजको कमाइ सार्वजनिक गरेको छ । रियल म्याड्रिडबाट २ सिजनका लागि बायर्न पुगेका कोलम्बियन मिडफिल्डर रोड्रीग्वेजले हरेक सिजन जर्मनीको लिग विजेता बायर्नसँग ६.५ मिलियन युरो कमाउेन स्पेनिस मार्साकाले जनाएको छ ।

हरेक महिना ५ लाख ४१ हजार ४ सय ६० युरो कमाउने रोड्रिग्वेज बायर्नका सर्वाधिक कमाउने खेलाडी मध्ये पर्दछन् । त्यस्तै क्लबले उनको प्रदर्शनको आधारमा उनलाई थप बोनस पनि दिनेछन् ।
एक सिजनमा १२ गोल गरेमा उनले २ लाख ५० हजार युरो बोनस पाउनेछन् । २० असिस्ट गर्न सकेमा रोडिीग्वेजले थप २ लाख ५० हजार युरो पाउनेछन् । त्यसबाहेक रोड्रिग्वेजले जर्मनी बस्ने उनको कुनै पनि पारिवारिक सदस्यको कर पनि बायर्नले तिर्ने सम्झौता छ ।
रियलमा प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा नपरेका रोड्रिग्वेजलाई लोनमा भित्राउन बायर्नले १३ मिलियन युरो खर्च गरेको थियो । दुई सिजनपछि उनलाई स्थायी रुपमा राख्न चाहेमा बायर्नले रियललाई ४२ मिलियन युरो तिर्नुपर्ने हुन्छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]