8 years ago
August 19, 2017
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखले जितबाट बुन्डेसलिगा उपाधिको रक्षाको यात्रा सुरु गरेको छ । सिजनको पहिलो खेलमा गएराती साविक विजेता बायर्नले घरेलु मैदानमा बायर लेभरकुसेनलाई ३–१ ले हराएको छ ।

बायर्नले सेन्टर ब्याक निकलस सुलेको हेडर गोलमा बायर्नले अग्रता बनाएको थियो । होफेनहायनबाट यसै सिजन बायर्न पुगेका सेबास्टियन रुडीको नवौं मिनेटको फ्रिकिकलाई सुलेले हेड गर्दै गोलमा परिणत गरेका थिए । टोलीका नयाँ खेलाडी कोरेन्टिन टोलिसोले पनि सुरुवातमा प्रभाव देखाए । टोलिसोले १९ औं मिनेटमा कर्नरमार्फत हेड गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए । टोलिसो यसै सिजन लियोनबाट अनुबन्धित भएका हुन् ।
हुरि,वताससहित बर्षाका कारण दोस्रो हाफ १५ मिनेट ढिलो सुरु भएको थियो । पहिलो हाफमा २–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा पाएको पेनाल्टीमा तेस्रो गोल गर्यो । बायर्नका रोबर्ट लेवानड्वोस्कीलाई फाउल गरेको निश्चित नहुदा रेफ्रीले भिएआरको मद्दत लिदै बायर्नलाई पेनाल्टी दिए । त्यसमा लेवानड्वोस्कीले सहजै गोल गरे ।
पाहुना टोलीले ६५ औं मिनेटमा अड्मिर मेहमेदीको २० यार्डको गोल मार्फत अन्तर कम गरेपनि त्यसबाहेक कुनै गोल गर्न सकेन । घरेलु मैदानमा एफसी मैन्जसँग २०१६ को मार्चमा पराजित भएयता बायर्नले आफ्नो मैदानमा हारेको छैन । त्यसयता एलिनाज स्टेडियममा भएका २३ खेलमा बायर्नले १८ खेलमा जित र ५ खेलमा बराबरी खेलेको थियो ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]