default_image

8 years ago

August 19, 2017

डेभिड डे हेयालाई रियलको प्रस्ताव

330 views

0 Bookmark

स्पेन (एजेन्सी)- स्पेनिस क्लब रियल मड्रिडले म्यानचेष्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डे हेयालाई क्लबमा अनुबन्धको पुनः प्रयास थालेको छ ।
 
दुईं सिजन अघि नै अन्तिम समयमा कागजी प्रक्रिया नपुर्याउदा रियलले डेभिडलाई क्लबमा अनुबन्ध गर्नबाट चुकेको थियो । तर, यसपटक रियलले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेलाई अुनबन्ध गर्न नसके डेभिड डि हेयालाई जसरी पनि अनुबन्ध गर्ने प्रयास थालेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् ।
स्पेनिस सञ्चार माध्यमका अनुसार रियलले डेभिडलाई ४६ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । यता म्यानचेष्टर युनाइटेडले भने एसी मिलानका युवा गोलरक्षक जियानलुजी डोन्नारुम्मालाई अनुबन्ध गर्न सके डेभिडलाई अर्काे सिजनको लागि रियलमा बेच्न सकिने बताएको छ । २६ वर्षीय डेभिडको म्यानचेष्टर युनाइटेडसँग सन् २०१९ सम्म सम्झौता छ ।

 

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.