default_image

8 years ago

August 20, 2017

बार्सिलोनाले रियल बेटिसलाई निम्त्याउदै

119 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको पहिलो खेलमा घरेलु मैदानमा रियल बेटिसलाई निम्त्याउदै छ । सिजनको पहिलो खेल अघि बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिनेछ ।

Messi Suarez

स्पेनिस सुपर कपको दुवै लेगमा रियलसँग पराजित भएको बार्सिलोना लिगको पहिलो खेलमा जित्दै सिजनको सुरुवात गर्ने प्रयासमा रहनेछ । तर नेयमारको विकल्प खोज्दै गरेको बार्सिलोना अर्का महत्वपुर्ण खेलाडी लुइस स्वारेज बिना मैदानमा उत्रनु पर्दा प्रशिक्षक एर्नेस्टो भाल्भर्देलाई थप समस्या परेको छ । रियलसँगको सुपर कपको दोस्रो लेगमा चोट बोकेका स्वारेजले कम्तिमा ५ खेल गुमाउने छन् ।

२०१५-१६ को सिजन यता स्वारेजले १०६ खेलमा बार्सिलोनाकालागि १०६ खेलमा ९६ गोल र ३८ असिस्ट गरेका छन् । तसर्थ भाल्भर्देले स्वारेजको कमी अनुभूति गर्ने पक्का छ ।

अर्का तिर ट्रान्सफर विन्डोमा सक्रिय रहेको बेटिस अघिल्लो सिजनको तुलनामा बलियो देखिन्छ । गत सिजन १५ औं स्थानमा अन्त्य गरेको बेटिसले आन्द्रेस ग्यार्डाडो र जाबी गार्सियालाई अनुबन्धन गरेलगतै मिडफिल्डमा सुधार गरेको छ । तसर्थ बेटिसले बार्सिलोनालाई चुनौती दिन सक्ने सम्भावना छ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.