default_image

8 years ago

August 20, 2017

ग्रिजम्यानलाई रातो कार्ड

119 views

0 Bookmark

म्याड्रिड(एजेन्सी) – शनिबारबाट शुरु भएको स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा आफ्नो मुख्य खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिको म्याड्रिड ला लिगाको नव प्रवेशी क्लब जिरोनासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

Antonio Grizman

एट्लेटिको म्याड्रिडले दुई गोलले पछि परेको स्थिति उल्ट्याउदै सम्भावित हार टारेको हो । एट्लेटिको म्याड्रिड शुरुवाती २५ मिनेट भित्र नै दुई गोलले पछि परेको थियो । २२ औं मिनेटमा क्रिष्टियन स्टुआनीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि स्टुआनीले नै गोल गर्दै जिरोनालाई २–० को स्थितिमा पुर्याएका थिए । पहिलो हाफमा २–० ले पछि परेको एट्ल्टिको म्याड्रिड ६७ औं मिनेटमा १० खेलाडीमा सीमित बन्दा हार्ने निश्चित देखिएको थियो ।

म्याड्रिडका फ्रेन्च फरवार्ड एन्टेनियो ग्रिजम्यानले ६६ औं मिनेटमा अनावश्यक डाइभिङ गरेको भन्दै रेफ्री जुवान मार्टिनेजले पहेंलो कार्ड देखाएका थिए । त्यसको प्रतिवाद गरेको भन्दै रेफ्री मार्टिनेजले ग्रिजम्यानलाई अर्काे पहेंलो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, एट्लेटिको म्याड्रिडले १० खेलाडी भएको कुनै महसुस हुन नदिई खेलमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेर सम्भावित हारलाई टारेका थिए ।

एट्लेटिकोका लागि ७३ औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै गोल अन्तर २–१ मा झारेका थिए । ८५ औं मिनेटमा होजे मारिया जिमेनेजले बराबरी गोल फर्काए । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल २२ गोलको बराबरीमा सकियो र दुवैले अंक बाँडे । जिरोनाले भने शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा ला लिगाको पहिलो खेलमा जित निकाल्न सकेन ।

ला लिगा अन्तर्गत राति नै भएका खेलमा रियल सोसिडाडले सेल्टा डि भिगोलाई ३–२ ले हरायो । सेभिल्ला र इस्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडे । ला लिगा अन्र्तगत आइतबार राति बार्सिलोना र रियल बेटिस तथा डिर्पोटिभो ला कोरुना र रियल म्याड्रिडबीच खेल हुनेछ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.