default_image

8 years ago

August 20, 2017

बार्सिलोनाको पहिलो खेलमा पौलिन्हो खेल्न अयोग्य

113 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – रियल बेटिससँगको खेलमा बार्सिलोनाका नँया खेलाडी पौलिन्हो खेल्न नपाउने भएका छन् , स्पेनिस मिडिया मार्साले जनाएको छ ।

Paulinho

चीनको गुआंगजौ एभरग्रिनेडबाट ४० मिलियन युरोमा बार्सिलोनासँग बिहिबार आबद्ध भएपनि दुई क्लब बीचको व्यापारिक प्रक्रिया पूरा नभईसक्दा पौलिन्होले ला लिगामा बार्सिलोनाको पहिलो खेल गुमाउने भएका हुन् ।

त्यस्तै बार्सिलोनाका इनियेस्टा अझै चोटका कारण बाहिर छन् भने सुपर कपमा चोट बोकेका जेरार्ड पिके भने रियल बेटिसलाई सामना गर्ने टोलीमा समावेश छन् ।

बार्सिलोनाको स्क्वाड : टेर स्टेगेन , सेमेन्डो , पिके , राकिटिक , सर्जियो , डेनिस स्वारेज , टुरान , मेस्सी , मस्चेरानो , डेलोफ्यू , पाको अल्कासेर , जोर्डि अल्बा , डिग्ने , सर्जी रोबर्टो , आन्द्रे गोमेस, भिडाल, उम्तिती

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.