8 years ago
August 21, 2017
म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच म्यानचेस्टर युनाइटेडमा पुनः आबद्ध हुने सम्भावना बढेको छ । सम्भवतः उनले अर्को महिनाको सुरुआतमा युनाइटेडसँग नयाँ सम्झौता गर्न सक्नेछन् ।
यद्दपी चोटका कारण ३५ वर्षे इब्राहिमोभिच नयाँ बर्षको सुरुआत सम्म मैदान बाहिर रहन सक्छन् । अप्रिलमा एन्डरलेकविरुद्ध युरोपा लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । प्रशिक्षक जोसे माउरिन्हो यसपटक च्याम्पियन्स लिगको नकआउट चरण पुग्नका लागि पुनः इब्राहिभोभिचलाई भित्राउने तयारीमा छन् ।
माउरिन्होको टोलीले गत सिजन छैटौं स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो । यद्दपी यसपटक च्याम्पियन्स लिग खेल्ने युनाइटेड पाँचौं इङ्लिस क्लब हुनेछ । मेमा युरोपा लिगको फाइनलमा आयक्सलाई २–० ले हराउँदै युनाइटेड च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।
फ्रान्सेली अन्तर्राष्ट्रिय एवंम् तत्कालिन समयमा विश्व कीर्तिमानी रकममा सरुवा भएका पाउल पोग्बा र हेनरिक मखातारियनको गोलमा युनाइटेडले युरोपा लिगको उपाधि जितेको थियो । जसले गर्दा टोली एक वर्षको अन्तरपछि पुनः च्याम्पियन्स लिगमा फर्कन सफल भएको छ ।
युरोपा लिगको उपाधि इब्राहिमोभिचको खेल जीवनको ३३ औं महत्वपूर्ण उपाधि हो । स्वीडेनका पूर्व कप्तान समेत रहेका उनले सन् २००१ मा आयक्सबाट खेल जीवनको सुरुआत गरेका थिए । त्यसयता उनी कुनै सिजन उपाधि विहिन हुन परेको छैन ।
स्वीडेनका सुपर स्टारले गत सिजन युनाइटेडबाट प्रिमियर लिगमा १७ खेलमा १७ गोल गर्दै गरेका थिए । क्लबसँगको सम्झौता सकिएपछि चोटमुक्त हुनका लागि युनाइटेडले उनलाई क्लबको सुविधा प्रयोग गर्न दिएको थियो । उनी अहिले छुट्टि मनाई रहेका छन् ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट इब्राहिमोभिच गत सिजनका लागि युनाइटेडमा आबद्ध भएका थिए । अहिले उनी चोटमुक्त हुने क्रममा रहेका छन् । उनको सुधार सन्तोषजनक रहेको बताइएको छ । युनाइटेडले पुनः उनी टोलीको हिस्सा बन्ने अपेक्षा राखेको छ । युनाइटेड अर्को महिनाको तयारीमा उनलाई क्लबमा पुनः प्रवेश गराउने योजनामा छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]