8 years ago
August 21, 2017
लन्डन (एजेन्सी)– मार्कोस अलोन्सोले दुई गोल गरेपछि चेल्सीले गए राती टोटेनह्यामलाई २–१ ले हराएको छ । सिजनको पहिलो खेलमा निराशाजनक हार बेहोरेको चेल्सीले खेल सकिन २ मिनेट बाँकी रहँदा टोटेनह्यामविरुद्ध निर्णायक गोल गरेको थियो ।
अलोन्सोले पहिलो गोल अघि नजिकबाट गरेको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । उनले पहिलो गोल २४ औं मिनेटमा फ्रिकिक मार्फत गरेका थिए ।
स्पर्सले बराबरीको लागि पटक पटक प्रयास गरेको थियो । हेरि केनको प्रहार पोस्टमा लागेर फर्केको थियो भने क्रिस्टियन इरिक्सनको फ्रि किकमा केनको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । अर्को तिर चेल्सीका विलियनको प्रहार पनि पोस्टमा लागेको थियो ।
८२ औं मिनेटमा भने इरिक्सनको फ्रिकिकमा मिचि बाट्सुयीको हेडर आत्मघाती गोलमा परिणत हुँदा खेलमा बराबरी भएको थियो । तर, त्यसको छ मिनेटपछि चेल्सीका फुल ब्याक अलोन्साले हुगो लोरिसलाई बिट गर्दै निर्णायक गोल गरेका थिए ।
साविक विजेता चेल्सीको दोस्रो खेलमा यो पहिलो जित हो । टोटेनह्यामले पहिलो खेलमा जित हासिल गरेको थियो । आइतबार प्रिमियर लिगको अर्को खेलमा नवप्रवेशी हन्डर्सफिल्ड टाउनले न्यू क्यासललाई १–० ले हराएको थियो ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]