default_image

8 years ago

August 21, 2017

बार्सिलोनाको विजयी सुरुवात

117 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसलाई २–० ले पराजित गरेको छ । भावनात्मक रुपमा जोडिएको खेलमा बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिएको थियो ।

Barcelona

लियोनल मेस्सीको ला लिगामा ३ सय ५० गोल पुरा गर्ने मौकामा पोष्ट तीन पटक सम्म बाधक रह्यो । तीनै पटक उनको प्रहार पोष्टमा लागेर फर्केको थियो । उनले ३५ औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोष्टमा लाग्दै बाहिरिएको थियो । त्यस्तै ६० र ८१ औं मिनेटमा गरेको प्रहार पनि पोष्टमा लागेको थियो ।

३६ औं मिनेटमा एलिन टोस्काको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । डेलोफ्यूको प्रहार टोस्कालाई लागेर गोलमा परिणत भएको थियो । सर्जी रोबर्टोको पहिलो लिग गोलको मद्दतमा बार्साको गोलअन्तर दोब्बर भएको थियो । डेलोफ्यूले दिएको पासलाई सदुपयोग गर्दै ३९ औं मिनेटमा रोबर्टोले गोल गरेका हुन् ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.