8 years ago
August 21, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन ( पिएसजी) का घरेलु समर्थकमाझ पहिलो पटक उत्रेका नेयमारले उत्कृष्ट प्रदर्शन गरेका छन् । बार्सिलोनाका पूर्व स्टारको उच्च प्रदर्शनबाट प्रेरित खेलमा गएराती पिएसजीले टोलुसेलाई ६–२ ले हराएको थियो । जसमा नेयमारले २ गोल गरे ।

इङ्लिस क्लब बोउर्नेमोथबाट लोनमा गएका म्याक्स ग्रेडालले १८ औं मिनेटमा टोलुसेलाई अग्रता दिलाएका थिए । तर, नेयमारले ३१ औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काए । एड्रियन र्याबियोटले ३५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा मारको भेराटीको दोहोरो पहेलो कार्डसँगै पिएसजी १० खेलाडीमा सिमित भयो । तर ६९ औंं मिनेटमा एडिसन काभानीले पेनाल्टीमा गोल गर्दै तेस्रो गोल गरेका थिए । टोलुसेका लागि क्रिस्टोफर जुलियनले ७८ औं मिनेटमा गोल गरेपनि ज्यभियर पास्टोरेले ८२ औं र लेभिन कुर्जावाले ८४ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए ।
नेयमारले इन्जुरी समयमा गोल गर्दै पिएसजीको गोलअन्तरलाई बढाए । नेयमारले दुई खेलमा तीन गोल गरिसकेका छन् ।फ्रान्सेली लिग वोनमा लियोन घरेलु मैदानमा कायेनसँग २–० ले पराजित भयो । घरेलु टोली मार्सियेल एंगर्ससँग १–१ को बराबरीमा रोकियो । तीन खेलमा सतप्रतिशत नतिजासहित पिएजसी अंक तालिकाको शीर्षस्थानमा छ । समान ९ अंकसहित मोनाको दोस्रो स्थानमा छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]