8 years ago
August 21, 2017
डिपोर्टिभो (एजेन्सी)– रियल म्याड्रिडले जितका साथ स्पेनिस ला लिगा उपाधि रक्षाको यात्रा सुरु गरेको छ । आलोचकहरुलाई जवाफ दिने क्रममा गेराथ बेलले टोलीका सिजनको पहिलो गोल गरेपछि रियलले गए राती डिपोर्टिभा लाकुरुनालाई ३–० ले हराएको थियो ।
१० खेलाडीमा सिमित हुँदै रियलले खेलको अन्त्य गर्नुअघि सअ कासिमेरो र टोनी क्रुसले गोल गरेका थिए । चोटका कारण अघिल्लो सिजन कमै मात्र खेलेका बेलमाथि उच्च प्रदर्शन गर्नुपर्ने दबाब थियो । उनको नियमित स्थान टोलीमा रहने नरहनेमा पनि शंका थियो ।
प्रि सिजनमा पनि उनले गोल गर्न सकेका थिएनन् । मार्को एसेन्सीले धेरैको ध्यान तानेका थिए र बेल बेन्च मै सिमित हुनु पर्ने अनुमान पनि गरिएको थियो । तर, बेलले सुरुआत मात्र गरेनन् टोलीलाई गोलको खाता पनि खुलाए ।
सुरुआतमा रियल भन्दा डिपोर्टिभा बलियो देखिएको थियो । फ्लोरिन एन्डोन दुईपटक सम्म गोलको नजिक पुगेका थिए । तर, उनी सफल भएनन् । उल्टो बेलले २० औं मिनेटमा रियललाई अग्रता दिलाए । फेब्रुअरी यता ३ सय ९२ मिनेट बेल गोल गर्नबाट असफल भएका थिए ।
खेलमा विस्तारै रियलले पकड बनाउँदै लगेपछि २७ औं मिनेटमा कासिमेरोले गोल गरेका थिए । मार्सेलोको क्रममा कासिमेरोले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । पछिल्ला पाँच खेलमा कासिमेरोको त्यो तेस्रो गोल हो । ६२ औं मिनेटमा क्रुसले गोल गर्दै जितलाई थप सहज बनाएका थिए ।
प्रतिबन्धका कारण क्रिस्टियानो रोनाल्डो विना उत्रदा पनि रियलले सहज जित हासिल गरेको छ । सुपर कपको दोस्रो लेगयता रोनाल्डो पाँच खेलको प्रतिबन्धमा छन् । सुपर कपको पहिलो लेगमा उनी दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिनु परेको थियो । त्यसपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लगाइएको थियो ।
गए रातीको खेलको इन्जुरी समयको पहिलो मिनेटमा सर्जियो रामोस पनि दोस्रो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । त्यसअघि ८९ औं मिनेटमा डिपोर्टिभोका एन्डोन पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]