8 years ago
August 21, 2017
म्यानचेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा आज राती एउटा खेल हुँदैछ । जसमा म्यानचेस्टर सिटी र एभर्टन भिड्दै छन् । अघिल्लो सिजन एभर्टनसँग ४–० को हार बेहोरेको पेप गोर्डिओलाको टोली आज बदला लिने सुरमा मैदानमा उत्रिने छ । खेल नेपाली समय अनुसार रातको १२ः४५ बजे सुरु हुने छ ।
सिजनको पहिलो खेलमा नव प्रवेशी टोली ब्राइटनलाई २–० ले हराएको सिटीले आज घरेलु मैदानमा एभर्टनविरुज्ञ उत्रने तयारीमा छ । पछिल्ला ८ अवे खेलमा जित निकाल्न नसकेको एभर्टनको चुनौति लिगका ५ खेलमा अपराजित रहेको सिटीले सहजै पछ्याउने अनुमान गरिएको छ ।
सिटीका इकेली गुन्डोगान ८ महिना पछि चोटमुक्त भएर फर्किसकेका छन्, तर आजको खेलमा सुरुआत गर्नेमा शंका छ । इलारा मेन्डी र फावियन डेल्फ अझै पनि चोटग्रस्त नै छन् । अघिल्लो खेलमा तीन मिडफिल्ड लोरिक साने, रहिम स्टर्लिङ र बर्नार्डो सिल्भालाई बेन्चमै राखेको सिटीले आज उनीहरुलाई मौका दिने सम्भावना छ ।
पहिलो खेलमा स्टोकलाई १–० ले हराएको भ्रमणकारी टोलीलाई अझै पनि खेलाडीको चोटले पिरोलिरहेको छ । रोस बार्कली, कोलम्यान, फ्युनेस मोरी, बोलासी र स्यान्ड्रो रामिरेज जस्ता स्टारहरु अझै फिट भइसकेका छैनन् । क्लब कीर्तिमानी रकममा यसै साता स्वान्सीबाट भित्रिएका सिगुर्डसनले आज सुरुआत गर्ने प्रवल सम्भावना छ । पहिलो खेलमा एकमात्र गोल गरेका वायन रुनीले आजको खेलमा पनि अग्रपक्तिको मोर्चा सम्भावना छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]