8 years ago
August 21, 2017
म्यानचेस्टर (एजेन्सी)– विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको लामो समय भएको छैन । फेरी बार्सिलोनाकै अर्का सुपर स्टार लियोन मेस्सी नयाँ विश्व कीर्तिमानी रकमसहित इङ्लिस क्लब म्यानचेस्टर सिटी सरुवा हुने चर्चा सुरु भएको छ ।
युरोपियन सञ्चारमाध्यमका अनुसार सिटीले मेस्सीसँग छलफल समेत अघि बढाइसकेको बताइएको छ । मेस्सी आफै पनि बार्सिलोना छाड्ने विषयमा गम्भिर भइरहेको बताइएको छ । सिटी मेस्सीका लागि २ सय ७५ मिलियन पाउन्ड सरुवा रकम खर्च गर्न समेत तयार रहेको उल्लेख गरिएको छ ।
प्रिमियर लिग टोलीका प्रतिनिधिले बार्सिलोना सहरको कुनै एक रेष्टुरेन्टका मेस्सीका प्रतिनिधिसँग भेट गरेको समाचार सर्वजनिक भएको छ । जहाँ विश्व कीर्तिमान सम्झौताको विषयमा छललफल भएको थियो । ३० वर्षे मेस्सीले गत महिना मात्र बार्सिलोनासँग ४ वर्षको सम्झौता नविकरण गरेका थिए । सम्झौता अनुसार उनी संसारकै सबैभन्दा रकम पाउने खेलाडी भएको बताइएको थियो । तर बार्सिलोनाका उपाध्यक्ष जोर्डीी मेस्ट्रले मेस्सीसँगको सम्झौता हुन अझै बाँकी रहेको बताइएको छ ।
सिटी कीर्तिमानी सरुवा रकम तिरेर पनि अर्जेन्टिनाका मेस्सीलाई लाने योजनामा छ । यदि चार वर्षको नयाँ सम्झौतामा उपाध्यक्षले भने जस्तै हस्ताक्षर हुन बाँकी रहेको अवस्थामा बार्सिलोनासँगको मेस्सी अहिलेको सम्झौता अर्को वर्ष टुंगिनेछ । यसपटकको सरुवा बजारबाट मार खेपेको काटलान टोलीले मेस्सीसँग छिट्टै सम्झौता हुने अपेक्षा गरेको छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]