default_image

7 years ago

August 23, 2017

प्रशिक्षक श्रेष्ठ – ‘रणनीतिले सोचे अनुरुप नतिजा दिएन’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । ‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

Sunil Shrestha

‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड पाउँदै रोशन दोगंले खल्न नपाएका कारण पनि रक्षापक्तिमा तामेल देखिएन,’ उनले भने, ‘ तर अर्को खेलमा उनी फर्कछन्, त्यो खेलमा प्रदर्शनमा सुधार गर्नेछौं ।’ नेपालले शुक्रबार बंगलादेशसँग सेमिफाइनल खेल्नेछ । अर्को सेमिफाइतल भारत र भुटानबीच हुनेछ ।

प्रशिक्षक श्रेष्ठले भारतविरुद्ध बुनेको रणनीतिले नतिजा नदिएको स्वीकारे । ‘भारतको खेल समिक्षा गरेपछि हामीले एयर बल भन्दा सर्ट पासमा ध्यान दिने रणनीति बनाएका थियौं । सर्ट पाससँगै थर्ड म्यान रनिङको तरिका प्रयोग गर्ने प्रयास गरेपनि सफल भएनौ, उनले भने, ‘ भारतको खेल हेरेर सेट पिसमा रोक्ने प्रयास गरेको थियौं । कतिमा सफल पनि भयौं । तर पूर्ण रुपमा भने सफल हुन सकेनौं । ’

माल्दिभ्ससँगको खेलमा भएका गल्ति भारतविरुद्धको खेलमा सुधार गरेको श्रेष्ठको भनाई थियो । उनले अर्को खेलमा अझै सुधार गर्ने विश्वास व्यक्त गरे । ‘ बंगलादेश समूह विजेता भएकाले सेमिफाइनल टफ हुनेछ,’ उनले भने, आजकै फर्मेसनमा खेलेर नतिजा निकाल्ने प्रयास गर्नेछौं । सेमिफाइनलमा अझै प्रदर्शनमा निखार आउनेछ ।’

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.