8 years ago
August 24, 2017
अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर कार्लो टेभेजको सरुवा रकम पूर्ण रुपमा नतिरेको कारण अर्जेन्टिनी क्लब बोका जुनियर्सले संघाई सेन्हुआविरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गर्ने धम्की दिएको छ ।

यहि बर्षको जनवरीमा करिब १३ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा चीन पुगेका टेभेजको स्थानान्तरण रकम अझै संघाईले नदिएको जुनियर्सले जनाएको छ ।
‘पटक पटक लिखित अनुरोध गरेपनि सेन्हुआले बेवास्ता गरेपछि मुद्दा दायर गर्ने तयारी गरेका छौं,’ क्लबका अध्यक्ष डेनियल एन्जेलेसीले भने । जुनियर्सका अनुसार चिनिया क्लबले ३ मिलियन अमेरिकी डलर तिर्न बाँकी छ । म्यानचेस्टर युनाइटेड ,म्यानचेस्टर सिटी र युभेन्ट्स जस्ता क्लबसँग खेलेका टेभेजले संघाईका लागि११ खेलमा २ गोल गरेका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]