8 years ago
August 23, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि पूर्व क्लब बार्सिलोनाविरुद्ध लड्ने भएका छन् । सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड विरुद्ध मुद्दा दायर गरेपछि उनी पनि पूर्व क्लबविरुद्ध उत्रन तयार भएका हुन् ।

अक्टोबरको नयाँ सम्झौताको उलंघन भएको भन्दै बार्सिलोनाले नेयमारलाई तोकिएको बोनस नदिने निर्णय गरेको थियो । त्यसबाहेक स्पेनिस क्लबले नेयमारसँग ८.५ मिलियन पाउण्ड क्षतिपूर्ति र १० प्रतिशत ब्याज पनि माग गरेको थियो ।
त्यसको प्रतिउत्तरमा नेयमारले बार्सिलोनाविरुद्ध लड्दै क्लबसँग २३ मिलियन पाउण्ड बोनस माग्ने बताएका छन् । नेयमारले बार्सिलोनासँग सम्झौता नविकरण गर्दा उनको पिताले २३ मिलियन पाउण्ड बोनस पाउनुपर्ने उनको दाबी छ । हाल फिफाले त्यो मुद्दामा छानबिन गरिरहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]