default_image

8 years ago

August 23, 2017

आज सेन्टिएगो बर्नबउ ट्रफी हुदैँ , रोनाल्डो पनि खेल्ने

103 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आज हेने खेलमा प्रतिबन्धमा रहेका क्रिस्टियानो रोनाल्डोलाई पुरा समय खेलाइने बताएका छन् ।

Ronaldo

रियलको घरेलु मैदानमा हरेक बर्ष हुने सेन्टिएगो बर्नबउ ट्रफी मैत्रीपूर्ण खेलमा यसपाली रियलले इटालियन टोली फियोरेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयानुसार राती २ः३० बजे सुरु हुनेछ ।

बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा रातो कार्ड पाएपछि रेफ्रीलाई धकलेका रोनाल्डो हाल ५ खेलको प्रतिबन्धमा छन् । मैत्रीपूर्ण खेल भएका कारण खेल्न पाउने रोनाल्डोलाई खेलको पुरै अबधि खेलाउने प्रशिक्षक जिदानले बताएका छन् । त्यो खेलले रोनाल्डोको फिटनेसमा मद्दत पुग्ने उनको विश्वास छ ।

मैत्रीपूर्ण खेल भएपनि रियलका पूर्व अध्यक्ष सेन्टिएगो बर्नबउको स्मरणमा हुने खेल भएकाले जिदानले त्यसलाई महत्वका साथ हेरेका छन् । ‘ समर्थकहरुलाई यो खेलको महत्वपूर्ण अर्थ छ । त्यसैले हामी राम्रो खेलेर ट्रफीलाई घरमै राख्ने प्रयास गर्नेछौं,’ जिदानले भने, यो खेलमार्फत खेलाडीलेको फिटनेसमा पनि फाइदा पुग्नेछ । रोनाल्डो पुरै ९० मिनेट खेल्नेछन् ।’

सन् १९७९ देखि आयोजनामा आएको सेन्टिएगो बेर्नबउ ट्रफी रियलले २६ पटक जितेको छ । अघिल्लो सिजन फ्रान्सको दोस्रो डिभिजनको रेइम्सलाई ५–३ ले हराउदै रियलले उपाधि घरमै राखेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.