default_image

7 years ago

August 24, 2017

लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा

लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो ।  लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले […]

27 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो । 

Liverpool

लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले समग्रमा ६–२ को नतिजा सहित अघि बढेको हो ।

सुरुआतबाट खेलमा हावी भएको लिभरपुलले २१ मिनेटमा ३ गोल गरेको थियो । १० औं मिनेटमा इमरे चानको गोलमा अग्रता लिएको घरेलु टोलीका लागि १८ औं मिनेटमा मोहोम्मद सलाहले गोल गरे । चानले रोबर्टो फर्मिनोको पासमा २१ औं मिनेटमा तेस्रो गोल गरे ।

पाहुना टोलीले मार्क उथको गोलमा अन्तर घटाएको थियो । उनले २८ औं मिनेटको गोल गरेका थिए । ६३ औं मिनेटमा होफेनहायमक पूर्व खेलाडी रोबर्टो फर्मिनोले लिभरपुलका लागि चौथो गोल गरे ।

लिभरपुलको अघिल्ला ३ गोमध्ये १ मा असिस्ट गरेका फर्मिनोले करिब १० यार्डबाट गोल गर्दै लिभरपुलको जित निश्चित गरेका थिए । पाहुना टोली होफेनहायनले स्यान्ड्रो व्याग्नरको हेड मार्फत ७९ औं मिनेटमा गोल गरेपनि पहिलो हाफको उत्कृष्ट प्रदर्शनले लिभरपुल खेल जित्न सफल भएको थियो ।

च्याम्पियन्स लिग प्ले अफको अन्य नतिजा

सिएसकेए मस्को २-० यंग ब्वाइज (३-० समग्र)

एफसी कोपेनहेगन २-१ एफके काराबाक (२-२ समग्र , अवे गोलको नियमले कोपेनहेगन विजयी)

स्टेचेउ  बुचारेस्ट १-५ स्पोर्टिंग लिस्बोन (१-५ समग्र)

स्लाभिया प्रेग ०-० एपोयल निकोसिया (०-२ समग्र)

 

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.