8 years ago
August 24, 2017
म्याड्रिड (एजेन्सी)– घरेलु मैदानमा सेन्टिएगो बर्नाबउ ट्रफीमा गए राती रियल म्याड्रिडले फियोरेन्टिनालाई २–१ ले हराउँदा प्रशिक्षक जिनेदिन जिदानका छोरा लुकाले खेल्ने मौका पाएका थिए ।

मैत्रीपूर्ण खेलको पहिलो हाफपछि फियोरेन्टिनाले सबै ११ खेलाडी परिवर्तन गर्दा म्याड्रिडले भने तीन खेलाडी परिवर्तन गरेको थियो । परिवर्तन गरिएका तीन खेलाडी मध्ये जिदानका १९ वर्षे छोरा लुका पनि थिए ।
जिदान आफै र उनका जेठा छोरा इन्जोले बर्नाबउमा यसअघि नै खेलिसकेका थिए । लुका भने पहिलो पटक रियलको घरेलु मैदानमा उत्रेका हुन् । लुका रियलका पूर्व स्टार समेत रहेका जिदानका माइला छोरा हुन् ।
१६ बर्ष देखि सबै खाले उमेर समूहमा फ्रान्सको प्रतिनिधित्व गरिसकेका लुका प्रि सिजनको खेलहरुमा रियलको पहिलो टोलीमा पनि परेका थिए । जेठा छोरा इन्जो नियमित खेल्ने पाउने आशा सहित रियल छाडेर डिपोर्टिभो अलाभेससँग आबद्ध भएका थिए । लुका रियलको तेस्रो रोजाईका गोलकिपर हुन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]