default_image

8 years ago

August 24, 2017

इब्राहिमोभिच पुनः युनाइटेड फर्किए

95 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच पुनः क्लबमा फर्केने म्यानचेस्टर युनाइटेडले जनाएको छ । ओल्ड ट्राफड छोडेको तीन महिनाभन्दा कम समयमा उनी फेरी युनाइटेड फर्केका हुन् ।

 

युनाइटेडले बिहीबार छोटो विज्ञप्ती जारी गर्दै भनेको छ,‘ ज्लाटान इब्राहिमोभिचले यात्रालाइृ निरन्तरता दिने छन् भन्ने घोषणा गर्न पाउँदा क्लब खुसी व्यक्त गर्दछ । उनले क्लबसँग एक बर्षको सम्झौता गरेका छन् । अब उनले १० नम्बरको जर्सी लगाउने छन् । ’

युनाइटेडमा इब्राहिभोभिचले अघिल्लो सिजन लगाएको ९ नम्बरको जर्सी यहि सिजन एभर्टनबाट क्लबमा पुगेका रोमेलु लुकाकुलाई दिइएको छ । युनाइटेडमा यसअघि वायन रुनीले १० नम्बरको जर्सी लगाउथे । रुनी १३ वर्षपछि यो सिजन एभर्टन फर्केपछि १० नम्बर इब्राहिमोभिचले लगाउने भएका छन् ।

स्वीडेनका स्ट्राइकर इब्राहिभोभिचले गत सिजन युनाइटेडबाट ४६ खेलमा २८ गोल गरेका थिए । त्यहि क्रममा उनको घुँडामा चोट लागेको थियो । उनी पूर्ण रुपमा फिट हुन अझै कम्तीमा तीन महिना लाग्ने बताइएको छ । युनाइटेड जानुअघि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा थिए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.