8 years ago
August 25, 2017
पेरिस (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमाले यसपटक पनि फ्रान्सेली फुटबल टोलीमा स्थान बनाउन असफल भएका छन् । विश्वकप छनोट चरणका लागि प्रशिक्षक डिडियर डेसच्याम्प्सले टोली सार्वजनिक गर्दा २९ वर्षे फरवार्ड अटाउन सकेनन् । बेन्जेमाले फ्रान्सेली टोलीबाट नखेलेको झन्डै २ वर्ष भइसकेको छ ।

डेसच्याम्प्सले किलियन बाप्पेलाई भने टोलीमा समावेश गरेका छन् । बार्सिलोनासँग जोडिने चर्चा सुरु भएदेखि छुटाएका औसमाने डेम्बेले भने उनको रोजाइमा परेनन् ।
डेम्बेले छनोट नहुनेको कारण बताउँदै प्रशिक्षक डेसच्याम्प्सले भने ‘प्रशिक्षण छुटाएको खेलाडीलाई मा टोलीमा राख्न चाहन्न । प्रतिबन्धमा रहेका एट्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनियो ग्रिजमानले भने टोली परेका छन् ।
विश्वको छनोट अन्तर्गत समूह ुएु मा रहेको फ्रान्स र स्विडेनको समान १३ अंक छ । स्विडेन शीर्षस्थान र फ्रान्स दोस्रो स्थानमा छ । फ्रान्सले अगस्ट ३१ मा नेदरल्यान्ड् र सेप्टेम्बर ३ मा लग्जेमबर्गसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्व कप छनोटका लागि फ्रान्सेली टोली :
गोलकिपर : एल्फोन्स अरेलोवा (पिएसजी) , स्टिभ मान्डान्डा (मार्सल) , हुगो लोरिस (टोटेनह्याम)
रक्षक : लुकास डिग्ने (बार्सिलोना), क्रिस्टोफर यालेट(लियोन), प्रेस्नेल किम्पेम्बे (पिएसजी), लौरेन्ट कोसेन्ली(आर्सनल) , लेभिन कुर्जावा (पिएसजी), जिब्रिल सिडिब(मोनाको), सामुएल उम्तिती (बार्सिलोना), राफेल भरान (रियल म्याड्रिड)
मिडफिल्ड : कान्टे (चेल्सी) , ब्लाएस माटौडी (युभेन्टस), पौल पोग्बा (म्यानचेस्टर युनाइटेड) , एड्रिन्ट रबियोट(पिएसजी), थोमस लेमार (मोनाको), कोरेन्टिन टोलिसो (बायर्न म्युनिख)
स्ट्राइकर : ओलिभर जिराउड (आर्सनल), एन्टोनियो ग्रिजमान(एट्लेटिको म्याड्रिड), अलेक्सजान्डर लाकाजेट (आर्सनल), किलियन बाप्पे (मोनाको), फ्लोरियन थुवाभिन (मार्सेल), किन्ग्स्ली कोमान(बायर्न म्युनिख), नाबिर फेकिल(लियोन)
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]