default_image

8 years ago

August 24, 2017

मेस्सीलाई पछि पार्दै रोनाल्डो युइएफए बर्ष खेलाडी

172 views

0 Bookmark

मोनाको (एजेन्सी) – फुटबलका ठूला व्यक्तिगत अवार्डमा पछिल्लो केही बर्षयता रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीबीच तीब्र प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतिस्पर्धामा फेरि एकपटक रोनाल्डोले बाजी मारेका छन् ।

Ronaldo

रोनाल्डोले आज लगातार दोस्रो पटक युइएफए बर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले मेस्सीसँगै युभेन्ट्सका गोलकिपर जियालुजी बुफोनलाइ पछि पार्दै लगातार दोस्रो बर्ष उपाधि जितेका हुन् । मोनाकोमा च्याम्पियन्स लिग समूह चरणको ‘ड्र’ मा अवार्डको घोषणा गरिएको थियो ।

लागतार दोस्रो पटक उपाधि जितेका रोनाल्डोले सन् २०१३÷१४ मा पहिलो पटक जितेका थिए । समग्रमा यो उनको तेस्रो युइएफए उत्कृष्ट खेलाडीको अवार्ड हो ।

रोनाल्डोले युइएफए वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे । रियलका लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर र सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट रक्षकको अवार्ड जिते ।

डच मिडफिल्डर लिइक मार्टेन्स महिला तर्फ युइएफए बर्ष खेलाडी घोषित भइन् । मार्टेन्स सम्मिलित नेदरल्यान्ड्सले युरो कपको उपाधि जितेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.