8 years ago
August 25, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी र उनीकी श्रीमती एन्टोनेला रोकुजुको लागि यो बर्ष विषय रह्यो । जुनमा यी दुई विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको जीवनमा फेरी अर्को खुसियाली थपिने समाचार सार्वजनिक भएको छ ।
स्पेनिस पत्रिका एएसका अनुसार मेस्सीको जोडी तेस्रो सन्तानको पखाईमा छ । यद्दपी अब हुने सन्तान छोरा वा छोरी भन्ने थाहा भएको छैन । मस्सीको जोडीका दुई छोरा छन् । दुई मध्ये माटेवो १ बर्ष र थिएगो ४ बर्षका भए ।
पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले बच्चादेखिकी साथीसँग स्वदेश गएर विवाह गरका थिए । उनीहरुको विवाहमा परिवार र अन्य साथीहरु गरेर २ सय ५० जनाको उपस्थिति थियो । जन्मस्थान रोसारियोमा विवाह गरेपछि यी जोडी हनिमुनका लागि एन्टिगुवा र बार्बुडा गएका थिए ।
गए राती च्याम्पियन्स लिग ‘ड्र’ कै दिन मेस्सीको तेस्रो स्तान हुने खबर सार्वजनिक भएको थियो । मेस्सी च्याम्पियन्स लिग ‘ड्र’कै अवसरमा हुने युइएफएले बर्षका उत्कृष्ट खेलाडी समारोहमा भाग लिन मोनाको पुगेका थिए । उनी पनि मनोनयनमा थिए । तर, रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले उनलाई पछि पार्दै लगातार दोस्रो पटक युइएफए बर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए ।
मेस्सीका उनका टोलीका अन्य सदस्य शनिबार हुने अल्भेससँगको तयारीमा जुटेका छन् । उनीको प्रभावशाली प्रदर्शनमा गत साता बार्सिलोनाले रियल बेट्सि २–० लाई हराउँदै ला लिगामा उत्कृष्ट सुरुआत गरेको थियो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]