default_image

8 years ago

August 25, 2017

अवार्डका लागि रोनाल्डो र मेस्सीबीच ठूलो अंक अन्तर

110 views

0 Bookmark

मोनाको (एजेन्सी)– सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी औपचारिक कार्यक्रममा सँगसँगै देखिदा धेरैको ध्यान तानेका थिए । गए राती युइएफएको उत्कृष्ट युरोपिनय खेलाडी अवार्ड कार्यक्रममा उनीहरु नजिकै बसेका थिए ।

अवार्ड समारोहमा बायाँबाट क्रमश – मेस्सी, बुफोन र रोनाल्डो ।

च्याम्पियन्स लिगको ‘ड्र’ का दौरान आयोजित अवार्ड लगातार दोस्रो पटक रियल म्याड्रिडका रोनाल्डोले जितेका थिए । यी दुई चिर प्रतिद्वन्द्विसहित युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोन पनि मनोनयमा परेका थिए । बुफोन मेस्सी र रोनाल्डोको बीचमा बसेका थिए । रोनाल्डो बुफोनसँग ठट्टा गरेको पनि देखिएको थियो ।

अवार्डमा उपस्थित भएपनि बार्सिलोनाका फरवार्ड मेस्सीलाई आफुभन्दा रोनाल्डो अवार्डको हकदार रहेको सायद बुझेकै हुनुपर्दछ । रोनाल्डोको टोलीले मेमा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उपाधि जित्ने क्रममा रियलले बुफोनको युभेन्ट्सलाई हराएको थियो । तीन पटक उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी पनि बनेका छन् ।

च्याम्पियन लिग र युरोपा लिगका ८० प्रशिक्षक, ५५ पत्रकार र युइएफएका सदस्य संघहरुका प्रतिनिधिले दिएको मतका आधारमा रोनाल्डोले अवार्ड जितेका थिए । रोनाल्डोले ४ सय ८२ अंक प्राप्त गर्दा मेस्सीले १ सय ४१ र बुफोनले १ सय ९ अंक पाएका थिए ।

‘यहाँ आउँदा र अवार्ड जित्दा खुुुसी महसुस गरेको छु’ रोनाल्डोले भने, ‘टोलीका सबै साथीलाई धन्यवाद दिन चाहन्छु र सबैलाई बधाई पनि दिन्छु । म धन्य भएको छु । रियलका समर्थकलाई पनि धन्यवाद दिन चाहन्छु जसको समर्थनले म यो अवार्ड फेरि जित्न सफल भएको छु ।’

गत सिजन रोनाल्डोले ४६ खेलमा ४२ गोल गरेका थिए । यद्दपी सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल आएयता रोनाल्डोको त्यो कमजोर प्रदर्शन हो । फाइनलमा २ गोलसहित गत सिजन च्याम्पियन्स लिगमा १२ गोल गरेका रोनाल्डोले १३ खेल खेल्ने क्रममा ४ गोलमा असिस्ट पनि गरेका थिए । उनको प्रदर्शनकै प्रभावले जिनेदिन जिदानको रियल लगातार दुई पटक च्याम्पियन्स लिग जित्ने इतिहासकै पहिलो टोली बनेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.