default_image

8 years ago

August 26, 2017

बोर्नमाउथमाथि सिटीको संघर्षपूर्ण जित

112 views

0 Bookmark

बोर्नमाउथ (एजेन्सी) – इङ्लिस प्रिमियर लिगको दाबेदार मध्ये एकका रुपमा हेरिएको म्यानचेस्टर सिटीले आज एफसी बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबारको खेलमा रहिम स्टर्लिङले इन्जुरी समयमा गोल गरेपछि सिटीले बोर्नमाउथमाथि २–१ को सघर्षपूर्ण जित निकालेको हो ।


रहिम स्टर्लिङले निर्णायक गोल गरेपछि सिटीका खेलाडी ।

घरेलु मैदान बोर्नमाउथले १३ औं मिनेटमा अग्रता लिएको थियो । बोर्नामाउथका लागि चार्ली ड्यानियल्सले उत्कृष्ट गोल गरेको थियो । डान घोषलिङको चिप क्रसमा चार्लीले सिटीका कप्तान भिसेन्ट कोम्पनीलाई छलाउदै पेनाल्टी इरिया नजिकैबाट राइट ह्याण्ड कर्नरमा गरेको शक्तिशाली प्रहार सिटीका गोलरक्षक एडरसनले रोक्ने कुनै मौका नै पाएनन् ।

त्यसपछि सिटीले लगतार आक्रमण बुनेपछि २१ औं मिनेटमा सफलता मिलेको थियो । सिटीका लागि गाब्रियल जेससले डेभिड सिल्भाको चलाखीपूर्ण पासमा डिफेन्डर नाथान आके र गोलरक्षक बेगोभिचलाई छलाउदै क्लोज रेन्जबाट गोल गर्दै खेललाई १–१ गोलको अवस्थामा पुर्याए । लगत्तै जेससले अर्को गोलको मौका खेर फालेको थियो ।

त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा पनि सिटीले घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि गोल गर्न सकिरहेको थिएन । तर, ९० मिनेटपछिको ७ मिनेट इन्जुरी समयमारहिमले ड्यानिलो लुइज डा सिल्भाको पासमा गोल गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए । खेलको अन्तिमतिर गोलकर्ता रहिम दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिए ।

प्रिमियर लिगमा जितसँगै सिटी तीन खेलबाट सात अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ । तीन खेलमध्ये सिटीले दुई खेलमा जित हात पार्दा एभर्टनसँग बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा सिटीसँग पराजित भएको बोर्नमाउथले ३ खेलमा अंक जोड्न सकेको छैन ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.