default_image

8 years ago

August 26, 2017

प्रिमियर लिगमा न्युक्यासल र स्वान्सी विजयी

109 views

0 Bookmark

न्युक्यासल (एजेन्सी)– प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र स्वान्सी सिटिले सिजनको पहिलो जित गर्दै अंक तालिकामा खाता खोलेका छन् । न्युक्यासले घरेलु मैदानमा वेस्ट ह्यामलाई ३–०ले हरायो । अर्को खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो ।

नव खेलाडी जोसेलुले ३६ औँ मिनेटमा न्युक्यासलका लागि पहिलो गोल गरेका थिए । त्यस्तै म्याट रिचीको शानदार क्रसको सदुपयोग गर्दै केरन क्लार्कले हेडिङमार्फत ७२औँ मिनेटमा न्युकासलको अग्रता दोब्बर बनाएका थिए । खेलको अन्तिमतिर परिवर्तित खेलाडी मिट्रोभिचले गोल गर्दै प्रशिक्षक राफा बेनिटेजलाई सिजनको पहिलो जित दिलाउन सफल भए ।

अघिल्ला दुवै खेल गुमाएको स्वान्सीले सिजनको पहिलो जितको खोजीमा रहेको अर्को क्रिस्टल प्यालेसलाई पराजित गर्यो । स्वान्सीका लागि टाम्मी अब्राहामले पहिलो हाफको ४४ औँ मिनेटमा गोल गरेका थिए भने आन्द्रे आयुले दोस्रो हाफको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

अन्य खेलमा हडर्सफिल्डले साउथह्याम्प्टनसँग गोलरहित बराबरी खेल्यो । यहि सिजन बढुवा भएको हडर्सफिल्ड लिगमा अहिलेसम्म एक गोल पनि खाएको छैन ।

वाटफोर्डविरुद्ध ब्राइटनको खेल पनि गोलरहित बराबरीमै टुङ्गियो । पहिलो हाफको २४औँ मिनेटमै डिफेन्डर मिगेल ब्रिटोसले रातो कार्ड खाए पनि १० खेलाडिमा सीमित भएको वाटफोर्डले ब्राइटनलाई खेलभरी गोल हान्नबाट बञ्चित र्गयो । त्यसअघि भएको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै म्याचेस्टर सिटीले बोर्नमाउथलाई २–१ ले हराएको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.