default_image

8 years ago

August 27, 2017

प्रिमियर लिगमा युनाइटेडको लगातार तेस्रो जित

102 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– मार्कुस रासफोर्ड चम्केपछि शतप्रतिशत नतिजालाई निरन्तरता दिदै म्यानचेस्टर युनाइटेडले गए राती लेस्टर सिटीमाथि २–० को जित हासिल गरेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान पसेको चार मिनेटपछि नै रासफोर्डले जादु देखाउने क्रममा गोलको खाता खोले ।

गोल गरेपछि युनाइटेडका माराउने फिलानी ।

माराउने फिलानीले पनि आफ्नो भूमिकामा न्याय गर्ने क्रममा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर गोल गरे । दिक्क लाग्दो पहिलो हाफमा युनाइटेडका लागि एक मात्र प्रयास हुवा माटाले गरे, तर उनको गोललाई अफसाइड लिइयो । दोस्रो हाफको सुरुआतमा पनि युनाइटेडको प्रयास खेर गयो ।

लगातार तीन खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने अवसरबाट रोमेलु लुकाकुलाई लेस्टरका गोलकिपर कास्पेर सेच्मिचेलले सफल हुन दिएनन् । ५३ औं मिनेटमा एन्थोनी मार्सियलको क्रसलाई डानी सिम्प्सनले ह्यान्डगरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । लुकाकुको पेनाल्टी विपक्षी किपरले रोकेका थिए ।

हेनरिख मखातारियनको कर्नरमा रासफोर्डले ७० औं मिनेटमा युनाइटेडका लागि गोल गरे । अल्मानियन मखातारियनको त्यो सिजनको पाँचौं असिस्ट थियो । खेल सकिन ८ मिनेट बाँकी रहँदा जेसी लिङगार्डको क्रसलाई उपयोग गर्दै फेलानीले गोल गरे, जसले युनाइटेड ३ खेलमा ९ अंक जोड्दै पुनः शीर्षस्थानमा उक्लन सफल भएको छ ।

शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटी, न्युक्यासल र स्वान्सी सिटीले जित दर्ता गरे । सिटीले बोर्नमाउथलाई २–१ ले, न्युक्यासलले वेस्ट ह्यामलाई ३–० तथा स्वान्सीले क्रिस्टल प्यालेसलाई २–० ले हरायो । हडर्सफिल्ड र साउथह्याम्प्टन तथा वाटफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेले ।

गोल गरेपछि युनाइटेडाका मार्कुस रासफोर्ड ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.