default_image

8 years ago

August 27, 2017

लिभरपुल र आर्सनल एकअर्काको सामना गर्दै

89 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज राती लिभरपुल र आर्सनल भिड्दै छन् । अंक तालिकामा ७औँ स्थानमा रहेको लिभरपुलको ४ अंक रहेको छ भने आर्सनल ३ अंकसहित ११औँ स्थानमा रहेको छ ।

आर्सनलका स्टार खेलाडि एलेक्सिस सान्चेज टिममा फर्कने आर्सनलका प्रशिक्षक आर्सन वेंगरले जनाइसकेका छन् । आर्सनलका उपकप्तान लोरेन्ट कोसियल्नि पनि टिममा फर्किँदै छन् । कोसियल्निले पछिल्लो सिजनको अन्तिम खेलमा रातो कार्ड पाएकाले यस सिजनका पहिला दुई खेल गुमाएका थिए ।

लिभरपुलले बिहिबार मात्र होफनहाइमसँग ४-२ को जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको थियो । लिभरपुल आफ्नो स्टार मिडफिल्डर फिलिप कौटिन्हो विना मैदानमा उत्रनेछ । बार्सिलोना जान खोजिरहेका कौटिन्हो बिरामी रहेका प्रशिक्षक जर्जेन क्लपले जनाएका छन् ।

आर्सनलले यस सिजनको पहिलो खेलमा लेस्टरलाई ४-३ ले हराएको थियो भने दोस्रो खेलमा स्टोकसँग १-० को हार बेहोरेको थियो । यसैगरी लिभरपुलले आफ्नो पहिलो खेलमा वाटफोर्डसँग ३-३को बराबरी खेलेको थियो भने दोस्रो खेलमा क्रिस्टल प्यालेसमाथि १-०को जित दर्ता गरेको थियो ।

अघिल्लो सिजन पाचौँ भएको आर्सनलले लिभरपुलसँगको पछिल्लो दुवै खेल गुमाएको छ । खेल आज नेपाली समयअनुसार राती ८.४५ बजेदेखि सुरु हुने छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.