default_image

8 years ago

August 27, 2017

चेल्सीको जितमा फाब्रिगास र मोराटाको गोल

132 views

0 Bookmark

लण्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो हाफमा सेस फेब्रिगास र अल्भारो मोराटाले गोल गरेपछि आज चेल्सीले एभर्टनलाई २–० ले हराएको छ ।

मोराटासँगको सहकार्यमा फेब्रिगासले २७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोराटाले प्रिमियर लिगमा दोस्रो गोल गरे । सेसर एजपेलइक्वेटाको क्रसमा मोराटाले ४० औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।

एभर्टनका एस्ले विलियम्स र इड्रिसाले गुइयेले गोलको लागि प्रयास त गरे तर सफल भएनन् । टोलीले प्रिमियर लिगमा तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । यसअघिका दुई खेलमा एभर्टनले १ जित र १ मा बराबरी खेलेको थियो । पहिलो खेलमा हार बेहोरेको साविक विजेता चेल्सीले भने लगातार दुई खेल जित्दै अंक तालिकामा ६ अंक जोडेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.