default_image

8 years ago

August 28, 2017

रोनाल्डोको परिवार मोह

198 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– प्रतिबन्धमा रहेका रोनाल्डोलाई रियल म्याड्रिडको पछिल्लो ला लिगा खेल हेर्न सम्भवत कठिन हुन सक्थ्यो । आइतबार रियलले खेलको अन्त्यतिर गोल फर्काउँदै भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको थियो ।

तर, रोनाल्डो त्यो खेलमा दर्शकका रुपमा पनि सामेल भएनन् । बरु उनले त्यो समय परिवारलाई दिन उपयुक्त ठाने । अनि परिवारका सदस्यसँगको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखे ,‘फेमली मुड’ ।टोलीका अन्य साथीहरु १ अंकका लागि संघर्ष गरिरहँदा रोनाल्डो भने परिवारका सदस्य प्रेमिका जिर्योगिना रोड्रिग्वेज, छोरा र केही महिना अघि जन्मेका जुम्ल्याहा छोरी माटेउ र इभा मारिया डोस सान्तोषसँग समय बिताइरहेका थिए ।

३२ वर्षे रोनाल्डोले परिवारका सदस्यसँगको तस्बिर सार्वजनिक गरेको १२ घन्टामै ५२ लाखले लाइक गरेका थिए । त्यसबाट पनि उनको लोकप्रियता थप प्रमाणित हुन्छ । अपरिचित सरोगेट आमाबाट रोनाल्डो केही महिनाअघि जुम्ल्याहा सन्तानका पिता बनेका थिए । अझै उनको परिवार बढ्ने क्रममा रहेको बताइएको छ । रोनाल्डोकी २२ वर्षे प्रेमिका रोड्रिग्वेज गर्भवती रहेको बताइएको छ ।

स्पेनिस सुपर कपमा रेफ्रीलाई धक्का दिएका कारण रोनाल्डो ५ खेलको प्रतिबन्ध छन् । उनको अनुपस्थितिमा जिनेदिन जिदानको साविक विजेता समेत रहेको रियलले आइतबार २ अंक गुमाएको थियो । मार्को एसेन्सियोको २ गोलमा रियलले हार जोगाएको थियो । रोनाल्डो सेप्टेम्बर १७ मा मैदान फर्कदा उनीबाट विगतमा जस्तै समर्थकहरुले गोलको आशा पक्कै गर्नेछन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.