default_image

8 years ago

August 29, 2017

आर्सनलका च्याम्बरलेन चेल्सीमा जाने

131 views

0 Bookmark

लन्डन (एजेन्सी)– मिडफिल्डर एलेक्स अक्स्लेट च्याम्बरलेन चेल्सीलाई बेच्न आर्सनल तयार भएको छ । लामो समयदेखि आर्सनल छाड्ने सोचाइमा रहेका च्याम्बरलेन प्रिमियर लिगका साविक विजेतासँग आबद्ध हुनेछन् ।

Chamberlain

यो सिजनको अन्त्यसँगै च्याम्बरलेनको आर्सनलसँगको सम्झौताको सकिने थियो । तर, आर्सनलले चेल्सीको ३५ मिलियन पाउण्डको प्रस्ताव स्वीकारेपछि च्याम्बरलेनका लागि बाटो खुलेको छ । च्याम्बरलेनलाई आर्सनलले सम्झौता नवीकरण गर्न १ लाख ८० हजार पाउण्ड प्रति साताको आकर्षक तलब प्रस्ताव गरेको थियो, तर त्यसलाई अस्वीकार गर्दै उनी चेल्सी जान राजी भएका छन् ।

आर्सनलसँगको सम्झौता अस्वीकार गरेपछि च्याम्बरलेनलाई लिभरपुलले पनि पछयाएको थियो । तर उनले चेल्सीसँग लन्डनमा बस्ने निर्णय गरेका छन् । हाल च्याम्बरलेन बाहेक एलेक्सिस स्यान्चेज र मेसट ओजिलको पनि सिजनको अन्त्यसँगै आर्सनलसँगको सम्झौता टुंगिनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.