8 years ago
August 29, 2017
बार्सिलोना (एजेन्सी)– कीर्तिमानी रकममा बोरुसिया डर्टमाउण्डबाट औसमाने डेम्बेलेलाई भित्राएपछि पनि बार्सिलोनाले अझै १ वा २ खेलाडी भित्राउने लक्ष्य राखेको छ । स्टार खेलाडी नेयमारलाई यसै ट्रान्सफर विन्डोमा गुमाएपछि बार्सिलोना दबाबमा छ ।

डेम्बेले हालै बार्सिलोनासँग आबद्ध भएका छन् ।
बार्सिलोनाका फुटबलका निर्देशक रोबर्ट फेरन्यानडेजले क्लबले थप नँया खेलाडी खरिद गर्ने लक्ष्य लिएको बताएका छन् । ‘हामी थप १ वा २ खेलाडी भित्राउने गृहकार्यमा लागेका छौ’, रोबर्टले भने, ‘हामीलाई कुन खेलाडी चाहिन्छ भन्नेमा स्पष्ट छौ तर उचित समयको पर्खाईमा छौ । ’
उनले केही खेलाडीसँग सम्झौताको नजिक रहेको पनि बताएका छन् । उनले थपे, ‘पूर्ण रुपमा आधिकारिक भएपछि थप जानकारी दिनेछौं ।’
लामो समयदेखि लिभरपुलको फिलिपे कौटिन्होलाई भित्राउने लक्ष्य राखेको बार्सिलोनाको तीनपटक सम्मको प्रस्ताव मर्सिसाइड क्लबले अस्वीकार गरिसकेको छ । बार्सिलोना रियल म्याड्रिडका पूर्व खेलाडी एन्जल डि मारियाका लागि भित्राउनका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग छलफल गरिरहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]