default_image

8 years ago

August 29, 2017

मेस्सीसहितको अर्जेन्टिना विश्व कप छनोटको तयारीमा

140 views

0 Bookmark

बोयनस आइरिस (एजेन्सी)– लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मेस्सीसहित सर्जियो अगुइरो, माउरो इकार्डी, पाउलो डेबाला, एन्जेल डि मारियालगायत स्टारहरु उरुग्वे र भेनेजुयलाविरुद्ध हुने खेलको तयारीमा जुटेका हुन् ।

सोमबार प्रशिक्षणका दौरान लियोन मेस्सी (बायाँ) र सर्जियो अगुइरो ।

प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे । दुई दिनअघि बोर्नमाउथविरुद्ध बेन्चबाट खेलको सुरुआत गरेको म्यानचेस्टर सिटीका अगुइरो पनि प्रशिक्षणमा भने सक्रिय सहभागी भए । अर्को वर्ष रसियामा हुने विश्व कपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अहिले पाँचौं स्थानमा रहेको छ । छनोटमा अब ४ खल मात्र बाँकी छन् ।

यदि अंक तालिकाको यहि अवस्थामा अर्जेन्टिनाले छनोट चरणको यात्रा अन्त्य गर्यो भने टोलीले अन्तर महादेशिय प्ले अफ खेल्नु पर्ने छ । त्यसका लागि टोलीको सम्भावित प्रतिद्वन्द्वि न्यूजिल्यान्ड हुनेछ । प्रशिक्षक साम्पाउलीसँग स्टारहरुले भरिएको टोली छ, यद्दपी यसपटक उनको छनोटमा युभेन्ट्सका स्टार गोन्जालो हिगुइन भने अटाउन सकेनन् ।

वेस्ट ह्यामका मिडफिल्डर मानुयल लान्जिनी चोटग्रस्त छन् । तर, सिटीका रक्षक निकोलस ओटामेन्डी र म्यानचेस्टर युनाइटेडका गोलपिर सर्जियो रोमेरो भने अगुइरोसँगै टोलीमा अटाएका छन् । अर्जेन्टिनाले बिहीबार मोन्टेभिडियोमा उरुग्वेको सामना गर्नेछ । त्यसको पाँच दिनपछि टोलीले भेनेजुयलासँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबार प्रशिक्षणका दौरान जाभियर मास्केरानो र एन्जल डी मारिया (दायाँ)।

पछिल्लो पटक सिगांपुरसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक साम्पाउलीले २–३–५ को प्रणालीमा टोली उतारेका थिए । उरुग्वेविरुद्ध पनि उनले त्यस्तै रणनीति अपनाउने सम्भावना छ । जसमा मेस्सी, अगुइरो, इकार्डी, डेबाला, डि मारिया, जाक्विन कोरेयालगायत पहिलो रोजाइमा थिए ।

अर्जेन्टिना अहिले छनोटको अंक तालिकामा चौथो स्थानको चिली भन्दा १ अंकले पछाडि छ । चिलीले विवादस्पदक खेलमा ३ अंक प्राप्त गरेपछि अर्जेन्टिना पछि परेको थियो । बोलेभियाले प्रतिबन्धमा रहेका खेलाडी खेलाएका कारण गोलरहित बराबरीमा टुंगिएको खेलमा चिलीलाई विजय घोषित गरिएको थियो ।

९ अंकको अग्रतासहित ब्राजिल छनोटको शीर्षस्थानमा छ भने कोलम्बिया दोस्रो र उरुग्वे तेस्रो स्थानमा छ । दुई पटकको विश्व कप विजेता सन् १९७० को विश्व कपमा छनोट हुन असफल भएको थियो । पछिल्लो २०१४ को विश्व कपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.